Logo

खेलकुद

यी ११ देशले कतार विश्वकप खेल्ने पक्का, केही ठूला टोलीले प्ले–अफ खेल्नुपर्ने



एजेन्सी – फिफा विश्वकप २०२२ मा ११ टोलीले आफ्नो स्थान सुरक्षित गरेका छन्। कतारले आयोजकको हैसियतमा विश्वकपमा भाग लिनेछ भने बाँकी १० देशले छनोट खेल खेलबाट कतारको टिकट पक्का गरेका हुन्।

विश्वकपमा स्थान पक्का गर्ने देशहरुमा कतारसँगै जर्मनी, डेनमार्क, ब्राजिल, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इंग्ल्याण्ड र स्विटजरल्याण्ड रहेका छन्।

युरोट छनोटमा जर्मनी समूह जे, डेनमार्क समूह एफ, फ्रान्स समूह डी, बेल्जियम समूह इ, क्रोएसिया समूह एच, स्पेन समूह बी, सर्बिया समूह ए र इंग्ल्याण्ड समूह आइ, स्विटजरल्याण्ड समूह सीको विजेता हुँदै विश्वकपमा छनोट भएका हुन्। ब्राजिलले दक्षिण अमेरिकी छनोटको शीर्ष ४ मा पर्दै स्थान पक्का गरेको हो।

उता युरोकप विजेता इटालीले भने विश्वकपमा स्थान बनाउन प्ले अप खेल्नुपर्नेछ। त्यस्तै पोर्चुगलले पनि प्ले अपबाट विश्वकपमा स्थान बनाउनुपर्नेछ।

प्रकाशित : ३० कार्तिक २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल