Logo

खेलकुद

मेसीको विषयमा अर्जेन्टिना र पिएसजीबीच ‘दोहोरी’



एजेन्सी फुटबलर लियोनल मेसीको विषयमा अर्जेनिटना र फुटबल क्लब पेरिस सेन्ट जर्मनबीच टकराव भएको छ।

घुँडाको समस्याका कारण पिएसजीको केही खेल गुमाएका मेसीले विश्वकप छनोटमा अर्जेन्टिनाबाट खेल्न भएपछि उनको देश र क्लबबीच एक किसिमको तनावको स्थिति बनेको हो।

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले राष्ट्रिय टोलीले मेसीलाई बोलाउन पाउने अधिकार रहेको जवाफ फर्काएका छन्। यद्यपी आफूले खेलाडीको व्यस्ततासँगै पिएसजीको निराशालाई बुझेको उनको प्रतिक्रिया छ।

मेसीले घुँडाको समस्याका कारण च्याम्पियन्स लिगमा आरबी लेइपजिग र लिग वानमा बोर्डेयक्ससँगको खेल गुमाएका थिए। तर पिएसजीले खेलाडी पूर्णरुपमा फिट नभएपनि टोलीमा राखेको भन्दै आपत्ति जनाएको थियो।

‘पिएसजीका खेल निर्देशक लियोनार्दोसँग राम्रो सम्बन्ध छ। तर फिफाले खेल तालिका जसरी बनाएको छ त्यसलाई बुझ्न जरुरी छ। राष्ट्रिय टोलीमा मेसीको आफ्नै लगाव छ। उनी उपलबध छन् भने बोलाउनका लागि हामीलाई कुनै शंकोच रहने कुरा भएन। इतिहासलाई हेर्दा युरोपका क्लबहरुमा यो समस्या देखिएको छ,’ स्कलोनीले भने।

मेसीको नाम अर्जेन्टिनाको स्क्वाडमा समेटिएपछि पिएसजीका खेल निर्देशक लियोनार्दोले आपत्ति जनाएका थिए। ‘हामी खेलाडीलाई छनोट खेल्न जान दिने कुरामा सहमत छैनौं। शारिरीक रुपमा समस्यामा रहेका खेलाडी जो विस्तारै निको भइरहेका छन्, उनलाई टोलीमा राखिनु उचि छैन,’ लियोनार्दोृले भनेका थिए, ‘यो लजिकल भएन।’

प्रकाशित : २८ कार्तिक २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल