Logo

खेलकुद

एमबाप्पे भन्दा फाती क्षमतावान खेलाडी



मड्रिड स्पेनिस ला लिगाका प्रमुख जाभियर टेबासले पेरिस सेन्ट जर्मन्( (पिएसजी)का स्ट्राइकर केलियन एमबाप्पे भन्दा बार्सिलोनाका स्ट्राइक अंशु फाती उत्कृष्ट रहेको दाबी गरेका छन् ।

बार्सिलोनाको युथ एकेडेमीका उत्पादन फातीले चोटका बाबजुद पछिल्लो दुई सिजन उल्लेख्य प्रदर्शन गर्दै आएका छन् ।

टेबासले एमबाप्पेलाई विश्व फुटबलको उत्कृष्ट युवा प्रतिभा भनिएपनि उनी भन्दा फातीको क्षमता धेरै माथि रहेको दाबी गरे ।

‘हामीले स्पेनबाहिरका खेलाडीलाई धेरै प्राथमिकता दिइरहेका छौ’, उनले भने, ‘हामीले हाम्रा युवा खेलाडीहरु चिन्न सकिरहेका छैनौं । हामीसँग अंशु फाती छन् । दुर्भाग्य उनी चोटका कारण उनी धेरै समय मैदान उत्रन पाएका छैनन्। उनी एमबाप्पे भन्दा धेरै राम्रा खेलाडी हुन् ।’

बार्सिलोनाबाट फातीले सबै खाले प्रतियोगिता गरि कुल ५१ खेलमा १७ गोल गरेका छन् । यता एमबाप्पेले भने पिएसजीका लागि ९७ खेलमा ७७ गोल गरिसकेका छन् ।

प्रकाशित : २८ कार्तिक २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल