Logo

खेलकुद

५ देश विश्वकपमा छनोट, यी ६ देशले फिफा विश्वकप २०२२ खेल्ने पक्का



एजेन्सी फिफा विश्वकप २०२२ को छनोट खेलहरु जारी छ। छनोटबाट केही टोलीहरुले भने कतारमा हुने विश्वकपमा स्थान पक्का गरिसकेका छन्।

हालसम्मको स्थितिमा ६ देशले विश्वकप खेल्ने पक्का भएको छ। कतारले आयोजकको हैसियतमा स्थान बनाएको छ भने अन्य ५ देशले छनोट खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै कतारको टिकट पक्का गरेका छन्।

ब्राजिल, जर्मनी र डेनमार्क, फ्रान्स र बेल्जियमले विश्वकपमा आफूलाई सुरक्षित गरिसकेका छन्। जर्मनीले युरोपियन छनोटको समूह ‘जे’ को विजेता र डेनमार्कले समूह ‘एफ’ को विजेता बन्दै विश्वकपमा स्थान पक्का गरेका थिए।

फ्रान्सले समूह डीको विजेता र बेल्जियमले समूह एको विजेताका रुपमा कतारको टिकट पक्का गरेको हो। दक्षिण अमेरिकी छनोटबाट ब्राजिलले स्थान पक्का गरेको थियो।

दक्षिण अमेरिकन छनोटबाट शीर्ष चार टिम विश्वकपमा सिधैं छनोट हुने प्रावधान छ। युरोप छनोटका खेलहरु अहिले पनि जारी छ। विश्वकप छनोटका लागि युरोपका ५५ देशलाई १० वटा समूहमा विभाजन गरेर छनोट खेलाइएको छ।

१० वटै समूह विजेता सिधै छनोट हुनेछन् भने उपविजेता टिम र नेसन्स लिगका दुई टिमले बाँकी तीन स्थानका लागि प्लेअफ खेल्नेछन्।

प्रकाशित : २८ कार्तिक २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल