Logo

आर्थिक

सातामा ३ हजार ४ सयले बढ्यो सुनको मूल्य



काठमाडौं – तिहारपछि खुलेको सुनचाँदीको बजारमा सुनको मूल्य ३४ सय रुपैयाँले बढेको छ । तिहार अघिको अन्तिम कारोबार दिन प्रतितोला ९१ हजार रुपैयाँ रहेको सुनको मूल्य त्यसयता ३४ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले कार्तिक १८ गते छापावाल सुनको भाउ प्रतितोला ९१ हजार रुपैयाँ तोकेको थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ५०० रुपैयाँ तोकेको थियो ।

त्यसपछि कातिक २२ गते कारोबार खुल्दा छापावाल सुनको मूल्य १५ सयले बढेर ९२ हजार ५०० रुपैयाँ पुग्यो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार पुगेको थियो । त्यसयताका दिनमा कात्तिक २३ गतेमात्र सुनको मूल्य घटेको छ ।

त्यसबाहेक अन्य सबै दिन बढेको सुनको मूल्य प्रतितोला ९४ हजार ४०० रुपैयाँ पुगेको महासंघले बताएको छ । यो आइतबार कारोबार खुलेको दिनदेखि अन्तिम कारोबार दिनसम्ममा ३४ सयको वृद्धि हो ।

यस्तै, यो साता चाँदीको मूल्यमा ६० रुपैयाँको वृद्धि आएको छ । कात्तिक १८ गते तोलामा १२ सय २५ रुपैयाँ रहेको चाँदीको भाउ हिजो शुक्रबारसम्ममा १२ सय ८५ रुपैयाँ पुगेको छ ।

प्रकाशित : २७ कार्तिक २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल