Logo

खेलकुद

अर्जेन्टिना विश्वकप छनोट संघारमा



एजेन्सी- उरुग्वेमाथि १-० को जितका साथ अर्जेन्टिनाले विश्वकप छनोट सम्भावना बलियो पारेको छ। शनिबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाको जितमा एन्जेल डी मारियाले गरेको गोल निर्णायक बन्यो।

यो जितसँगै अर्जेन्टिनाले आफ्नो अपराजित यात्रालाई २६ खेलसम्म कायम राखेको छ। विश्वकपको दक्षिण अमेरिकी छनोटको दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले १२ खेलबाट २८ अंक जोडेको छ । १२ खेलबाट ३४ अंक जोड्दै ब्राजिल शुक्रबार कतार विश्वकप २०२२ का लागि छनोट भइसकेको छ।

त्यस्तै समूहको छैटौं स्थानमा रहेको उरुग्वेले भने १३ खेलबाट १६ अंक जोडेको छ।

प्रकाशित : २७ कार्तिक २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल