Logo

खेलकुद

नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरीको कति छ सम्पति ?



काठमाडौं – नेपाली राष्ट्रिय फुटबलको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अहिले नेपाली फुटबल प्रेमी सबैका मन–मनमा बसेका एक प्रशिक्षक हुन् ।

उनी कुवेतका नागरिक हुन् । खस्किदै गरेको नेपाली फुटबल टिमलाई नयाँ दिशातिर लैजाँदै गरेका अलमुताइरी २०७८ साल चैत १८ गते बसेको अखिल नेपाल फुटबल संघ एन्फा प्राविधिक कमिटीको प्रस्तावअनुसार एन्फा सचिवालयले उन­लाई प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

उनी नेपाल साफ च्याम्पियनको ३९ प्रसिक्षक बनेका थिए । राजनीतिक र एन्फाभित्रको अस्थिरताका कारण विभिन्न विवादमा तानिएका अलमुताइरी पहिलो चरणको सम्झौता सकिएपछि उनी फेरि ३ वर्षका लागि नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक बनेका छन् ।

जसका लागि उनी भर्खरै मात्र नेपाल आइसकेका छन् । विभिन्न क्लबको कोच बन्दै आएका अलमुताइरीको सम्पत्तिको कुरा गर्दा उनले महिनामा लगभग ३ हजारदेखि ५ हजारसम्म अमेरिकी डलर कमाउने गर्छन् ।

मतलब नेपाली ४ देखि ७ लाखसम्म कमाउने गर्दछन् । उनको कुल सम्पति अहिलेसम्म १ मिलियन डलर रहेको छ । उनको अहिले २ छोरा र १ छोरी रहेका छन् ।

प्रशिक्षक अलमुताइरीले नेपाललाई पहिलोपटक साफ च्याम्पियनशीपको फाइनलमा पुर्‍याएर इतिहास निर्माण गरेका छन् । माल्दिभ्समा दुई साताअघि सम्पन्न साफको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो । उपाधि जित्न नसके पनि नेपाल पहिलो पटक साफको उपविजेता बनेको छ ।

रमेश खरेलको अबको राजनीतिक यात्रा कसरी (अन्तरवार्ता)

प्रकाशित : १४ कार्तिक २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल