Logo

खेलकुद

५ खेल खेलेका मेसीले एक गोल पनि गर्न नसक्दा के भन्छन् प्रशिक्षक पोचेटिनो ?



काठमाडौं – अर्जेन्टिी फरवार्ड लियोनल मेसीले पेरिस सेन्ट जर्मन (पिएसजी)का लागि फ्रन्च लिग वानमा ५ खेलमा सहभागीता जनाइसकेका छन्। ती खेलहरुमा उनले एक गोल पनि गर्न सकेका छैनन्।

शुक्रबार राति पिएसजीले साविक विजेता लिलमाथि २–१ गोलमने पुनरागमन जित निकाल्यो। सो खेलमा मेसीले पूरा समय खेलेनन्। पिएसजीका मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोले मेसीलाई सब्सिच्युट गरिएकोबारे प्रष्ट पारेका छन्। उनले पूर्व सावधानी अपनाउँदै मेसीलाई आराम गराएको बताए।

‘हामीले प्रतिक्षा गर्नुपर्छ। हामीले डक्टरसँग कुरा गरेका छौं। यो पूर्व सावधानी हो। उनलाई मैदानमा पठाउनु रिस्की हुन सक्थ्यो। यो ठूलो कुरा होइन। उनी अर्को खेलमा उपलब्ध हुनेछन्,’ खेलपछि पोचेटिनोले भने।

मेसीले पिएसजीका लागि ३ गोल गरेका छन्। ती गोलहरु उनले च्याम्पियन्स लिगमा गरेका हुन्। आरबी लेइपजिगविरुद्ध २ गोल गरेका मेसीले म्यानचेस्टर सिटीविरुद्ध एक गोल गरेका थिए।

तर उनले क्लबका लागि ५ वटा लिग खेल खेल्दा गोलको खडेरी तोड्न सकेका छैनन्। लिगमा मेसीको गोल नभएकाबारे मुख्य प्रशिक्षक त्यति चिन्तित भएको बताइएको छ।

पोचेटिनोले मेसी कस्तो खेलाडी हो भनेर बुझेको र मेसीको प्रदर्शनले समग्र टोलीलाई फाइदा नै पुगेकोमा सन्तुष्ट छन्। उनले मेसीले टोलीलाई आवश्यक परेको बेला खेल जिताउँछन् भन्नेमा ढुक्क रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेको छ।

प्रकाशित : १३ कार्तिक २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल