Logo

खेलकुद

यस कारण नेपाल आउँदै छन् अलमुताइरी



काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी नेपाल आउँदै छन्। केही समयको विवाद र चर्चापछि उनी एन्फासँग थप ३ वर्षको सम्झौता गर्न तयार भएका थिए। माल्दिभ्समा साफ च्याम्पियनसीप जारी रहँदा उनले राजीनामाको घोषणा गरेका थिए।

उनले भारतसँगको फाइनल खेल नै आफ्नो लागि नेपाली प्रशिक्षकका रुपमा अन्तिम खेल भएको बताएका थिए। हाल फेसबुकमार्फत उनले नेपाल आउनका लागि फ्लाइट कुरिरहेको जानकारी दिएका छन्।

अलमुताइरीले युसुफ मोहम्मेदसँग महाद अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल आउनका लागि फ्लाइट पर्खिरहेको बताएका हुन्। यसअघि उनले ‘कर्मा छिरिङ शेर्पा र क्युएफए पदाधिकारीहरुसँगको भेटपछि मैले नेपालमा मेरो जागिरलाई निरन्तरता दिन अखिल नेपाल फुटबल संघसँग ३ वर्षको लागि नयाँ सम्झौता गर्ने निर्णय गरेको छु र सहयोग गरेकोमा कतार फुटबल संघलाई धन्यवाद र मलाई नेपाल फर्काउनको लागि सबै कुरा गरेकोमा धन्यवाद,’ भन्दै फेसबुक स्टाटस लेखेका थिए।

प्रकाशित : १३ कार्तिक २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल