Logo

खेलकुद

चीनले किन क्रिकेट खेल्दैन? यस्तो छ कारण



काठमाडौं – फुटबल पछि सबै भन्दा धेरै रुचाइने खेल भनेको क्रिकेट नै हो। तर विश्वमा यत्रो राज गरेको देश चाइना भने यो खेल खेल्दैन। आखिर विश्वमा झण्डै डेढ अर्ब जनसंख्या रहेको चीन क्रिकेट खेलमा किन यतिधेरै कमजोर छ ? चिनियाँहरु किन क्रिकेट खेल्न र हेर्न पनि मन पराउँदैनन् त ?

यसको कारण यस्तो छ

चीन सदैव ओलम्पिक खेलको समर्थक रहँदै आएको छ र धेरैभन्दा धेरै पदक जित्नका लागि ठूलो लगानी तथा मेहनत पनि गर्ने गर्दछ। तर क्रिकेट खेल ओलम्पिक प्रतियोगितामा सामेल नभएका कारण पनि चीनले क्रिकेटलाई महत्त्व दिँदैन।

चीनले क्रिकेटलाई महत्व नदिनुको अर्को कारण पनि छ। वास्तवमा चीन कहिल्यै पनि बेलायती साम्राज्यमा परेन। दुनियाँमा हाल क्रिकेटमा अगाडि रहेका अधिकांश देशहरु कुनै न कुनै समय बेलायती उपनिवेशमा परेका छन्।

त्यसैले पनि चीनमा क्रिकेट लोकप्रिय हुन पाएन।अर्को कुरा क्रिकेट अझैसम्म पनि विश्वव्यापी खेल बनिसकेको छैन । यो विश्वका केही देशमा मात्र खेलिन्छ।

खेलका माध्यमबाट पनि विश्वमा आफ्नो प्रभाव जमाउन चाहने चीन विश्वस्तरीय खेलकुदमा मात्र केन्द्रित रहनु स्वभाविकै हो। त्यसैले पनि चीनले क्रिकेटलाई महत्व दिएको छैन। यद्यपि, पछिल्लो समयमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले चीनमा समेत क्रिकेटको प्रचारप्रसार गरिरहेको छ। एजेन्सीको सहयेगामा

प्रकाशित : ७ कार्तिक २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल