Logo

विज्ञान/प्रविधि

इमोजीको अर्थ के हुन्छ ? जान्नुहोस् रहस्य



अहिले सामाजिक सञ्जालमा साना साना डल्ला जस्ता चिज नदेख्ने त कोहि पनि छैन होला? त्यसैलाई नि इमोजी भन्ने गरिन्छ। यो जापानिज भाषाबाट आएको हो। यो प्राय: कमेन्ट र इन्बकस्मा धेरै हुने गर्दछ। यसको मुख्य काम भनेको आफ्ना मनमा रहेका कुराहरु एकदमै छिट्टो र सजिलो तरिकाले अरुलाई प्रभाब पर्ने तरिकाले स्थापना गरेका हुन्।

जानौ कुन इमोजिले कस्तो अर्थ दिन्छ

beaming face with smiling eyes (उज्यालो अनुहारमा मुस्कुराइरहेका आँखा) यसको अर्थ भनेको म एकदमै खुसि छु अथवा म एकदमै प्रशन्न छु भन्नु पर्यो भने यसलाई प्रयोग गर्दा हुन्छ।

clapping hand (तालि बजाइरहेका हात) यो कतै रमाइलो वा राम्रो देख्नु भयो भने सुन्नु भयो भने त्यसको प्रसंसा गर्दा यो प्रयोग गर्दा हुन्छ।

confused face (अलमलमा परेको अनुहार) यो भनेको केहि कुरा देखेर पनि बुझ्नु भएन भने यो इमोजी त्यस कुरामा सुट गर्छ। यसमा फेससँगै मुख पनि लत्रेको छ जसको भाब हो केहि नबुझेर दुखि हुनु।

crying face (रोहिरहेको अनुहार) यो भनेको केहि कुरामा चित्त नबुझेर होस् या कुनै कारणबस रोहिरहेको भन्ने भाब बुझिन्छ। यसले धेरै दुख बुझाउने काम गर्छ।

downcast face with sweat (अँधेरो अनुहारमा पसिना) यो पनि केहि दु:ख भएको आवस्थामा प्रयोग गरिन्छ। तर यसको दुख भने माध्यम खालको हुन्छ।

face blowing a kiss (चुम्बन पठाइरहेको अनुहार) माया वा स्नेह मोबाइल बाटै पठाउनु पर्यो भने यो इमोजी पठाइन्छ। यसको अनुहारमा मायाको प्रतिक मात्र हैन मुख टेडो टेडो पनि छ जसको अर्थ किस गर्नु हो।

face savoring food (खानाको स्वाद लिरहेको अनुहार) यो कसैकोमा केहि खाएर खाना मिठो थियो भन्नलाई यो प्रयोग गरिन्छ। यसलाई त्यति मात्र हैन कोहि कोहिलाइ तिमि राम्रो छौ भन्दा पनि यो प्रयोग हुने गरेको छ।

face screaming in fear text (डरले चिच्याही रहेको अनुहार) यो डर जनाउन प्रयोग गरिन्छ। यसले यति मात्र हैन आघात र अबिश्वास पनि जनाउछ।

face with rolling eyes (बटारिएको आँखा भएको अनुहार) यसको मुख्य भाब भनेको कसैले भनेको कुरामा खुब जानिस तैले भन्नु हो।

face with hand over mouth (हातले मुख छोपेको अनुहार) यसले हामीले गरेको गल्ति वा कुनै कुरामा लाज लाग्यो भने यो इमोजी प्रयोग गर्दा ठिक हुन्छ।

face with monocle (एक चसमे अनुहार) यो एउटा आँखामा चस्मा बाङ्गिएको आँखी भौं रहेको छ जसको अर्थ अरुले भनेको कुरामा वादविवाद गर्ने भन्ने जनाँउछ अथवा अलि धेरै पढे लेखेको मान्छे।

प्रकाशित : १५ आश्विन २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल