Logo

प्रदेश-१

हार्दिक श्रद्धाञ्जलि! विद्युतको काम गर्दा–गर्दै यसरी सधैंका लागि बिदा भए आम्बेगुदिनका यी युवक



ताप्लेजुङ, १९ असार – ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित सुन्तलेखोला लघु जलविद्युत् आयोजनामा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ।

प्रहरीका अनुसार आयोजनामा कार्यरत प्राविधिक कर्मचारी सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनका २० वर्षीय प्रमोद कुँवरको मृत्यु भएको हो।

विद्युत् जडानमा खटिइरहेको अवस्थामा आज अचानक करेन्ट लागेर कुँवरको मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कैलाशकुमार अधिकारीले बताएका हुन्।

अधिकारीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। उक्त आयोजनामार्फत उत्पादित विद्युत् सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिन र वडा नम्बर–६ मेहेले तथा सिरिजङ्घा–२ आम्बेगुदिनका उपभोक्ताले उपभोग गर्दै आएका छन्।

यसैबीच, सामाजिक कार्यमा पनि सक्रिय युवा कुँवरको निधनले ताप्लेजुङको पूर्वी क्षेत्रमा शोक छाएको छ। नेपाली कांग्रेसका युवा नेता राज थेबेले लेखेका छन्, ‘ताप्लेजुङबासीको खुशी र सहजताका लागि निस्वार्थ समाज सेवा गर्दा–गर्दै प्रमोद कुँवर भाइको अप्रत्यासित मृत्युको खबरले निशब्द भएको छु, भाइ तिम्रो आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना।’

त्यसैगरी, सिनामका स्वास्थ्यकर्मी टीकाराम थेबेले लेखेका छन्, ‘ताप्लेजुङको आम्बेगुदिन–२ निवासी भीम कुँवरका सुपुत्र प्रमोद कुँवरको विद्युतलाइन जडान गर्ने क्रममा बिहान ११ बजे करेन्ट लागेर असामयिक निधन हुनु पुग्यो। भाइको आत्मालाई शान्ति मिलोस्। शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस्। अलबिदा प्रमोद भाइ।’

सुजाता कोइरालाले गरिन् त्यो सेक्रेटको खुलासा (भिडियो)

प्रकाशित : १९ असार २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल