Logo

खेलकुद

युरोकप २०२० : गोल्डेन बुट दौडमा को अगाडि ? हालसम्म कुन खेलाडीको कति गोल ?



युरोकप २०२० को समूह चरणका खेलहरु सकिएका छन्। यससँगै अन्तिम १६ मा पुग्ने टोलीहरुको टुंगो लागिसकेको छ।

युरोकप २०२० को अन्तिम १६ मा इटाली, बेल्जियम, नेदरल्याण्डस्, इंल्याण्ड, स्विडेन, फ्रान्स, वेल्स, डेनमार्क, अष्ट्रिया, क्रोएसिया, स्पेन र जर्मनी, स्विट्जरल्याण्ड, युक्रेन, चेक रिपब्लिक र पोर्चुगलले स्थान बनाएका छन्।

समूह चरणका खेलहरु सकिएसँगै युरोकप २०२० को सर्वाधिक गोलकर्ता को बन्ला भन्ने चर्चा शुरु भइसकेको छ। नकआउट चरणका खेलहरुमा धेरै गोल हुने सम्भावना कम रहेकाले समूह चरणका खेलपछि नै सर्वाधिक गोलकर्ताको चर्चा शुरु भएको हो।

हाल, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा छन्। उनले प्रतियोगितामा ५ गोल गरिसकेका छन्। धेरै गोल गर्ने खेलाडीको दोस्रो स्थानमा चेक रिपब्लिकका प्याट्रिक सिक रहेका छन्। उनले प्रतियोगितामा ३ गोल गरेका छन्।

त्यस्तै, स्विडेनका इमिल फोर्सबर्ग, बेल्जियमका रोमेलु लुकाकु, नेदरल्याण्डस्का जर्गिनियो विज्नाल्डम, पोल्याण्डका रोबर्ट लेवान्डोस्की क्रमश तेस्रो, चौथो, पाँचौं र छैटौं स्थानमा छन्। पोल्याण्ड समूह चरणबाट बाहिरिएका कारण लेवान्डोस्की अब थप गोल गर्ने छैनन्।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापासँगकाे अन्तरवार्ता

प्रकाशित : १० असार २०७८, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल