Logo

खेलकुद

युराेकपमा पाेर्चुगल र जर्मनी भिड्दै, यस्ताे छ हालसम्मकाे नतिजा



युरोकप फुटबलमा शनिबार बेलुका दुई उपाधि दाबेदार टोलीबीच प्रतिस्पर्धा हुँदैछ। युरोकपको डिफेन्डिङ च्याम्पियन पोर्चुगल र चार पटकको फिफा विश्वकप विजेता जर्मनीबीच खेल हुन लागेको हो। उक्त खेल नेपाली समयअनुसार राति ९ः४५ बजे शुरु हुनेछ।

आफ्नो पहिलो खेलमा फ्रान्ससँग १–० गोलले हारेको जर्मनीलाई पोर्चुगलसँगको खेल जित्नैपर्ने दबाब छ। पोर्चुगलले भने आफ्नो पहिलो खेलमा हंगेरीलाई ३–० गोलले पराजित गरेको थियो।

हालसम्मको तथ्याङ्कमा को बलियो ?

जर्मनी र पोर्चुगलबीच हालसम्म १८ खेलमा प्रतिस्पर्धा भएको छ। ती खेलहरुको नतिजामा पोर्चुगलभन्दा जर्मनी बलियो देखिएको छ। १८ खेलमध्ये जर्मनीले १० खेल जितेको छ भने पार्चुगलले ३ खेल मात्र खेल जितेको छ। दुई टोलीबीचको ५ खेल बराबरीमा सकिएको छ।

युरोकप फुटबलमा जमर्नी र पोर्चुगलको भेट चार खेलमा भएको छ। तीमध्ये २ खेल जर्मनीले जितेको छ भने एक खेल पोर्चुगलले जितेको छ। युरोकपको एक खेल बराबरीमा सकिएको छ।

यि दुई टोलीबीच पछिल्लो भेट सन् २०१४ मा भएको थियो। फिफा विश्वकपको समूह चरणको उक्त खेलमा जर्मनी ४–० गोलले विजयी भएको थियो।

रमेश खरलेकाे राजनीतिक यात्रा अब कसरी ?

प्रकाशित : ५ असार २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल