Logo

खेलकुद

युराेकप : जर्मनी र फ्रान्सबीच महाभिडन्त हुँदै, हालसम्म काे बलियाे ?



युरोकप फुटबलमा मंगलबार राति दुई ठूला टोलीहरुबीच प्रतिस्पर्धा हुँदैछ। समूह चरणको खेलमा जर्मनी र फ्रान्सबीच प्रतिस्पर्धा हुन लागेको हो।

खेल नेपालीसमयअनुसार मंगलबार राति १२ः४५ बजे शुरु हुनेछ। ४ पटक फिफा विश्वकप जितिसकेको जर्मनी र २ पटक फिफा विश्वकप जितिसकेको फ्रान्सबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

एकै समूहमा रहेका यी दुई टोली युरोकपको उपाधि दाबेदार टोली हुन्। जर्मनी र फ्रान्सबीच हालसम्म ३१ खेलमा प्रतिस्पर्धा भएको छ। तीमध्ये १४ खेल फ्रान्सले जितेको छ भने १० खेलमा जर्मनी विजयी भएको छ। दुई टोलीबीचको ७ खेल बराबरीमा सकिएको छ।

जर्मनी र फ्रान्सको अनितम भेट सन् २०१८ को अक्टोबरमा नेसन्स लिगमा भएको थियो। उक्त खेलमा फ्रान्स २–१ गोलले विजयी भएको थियो। दुई टोलीबीचको खेललाई युरोकपकै ठूलो महाभिडन्तका रुपमा व्याख्या गरिएको छ। फ्रान्स साबिकको फिफा विश्वकप विजेता पनि हो।

रमेश खरेल अब राजनीतिमा ?

प्रकाशित : १ असार २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल