Logo

खेलकुद

मेसीका यी पाँच कीर्तिमान जसलार्ई रोनाल्डोले तोड्न सक्दैनन्



अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी र पोर्जुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो उत्कष्ट फुटबलर हुन्।

मेसी र रोनाल्डो विश्व फुटबलमा सबैभन्दा धेरै तुलना गरिने खेलाडीमा पर्छन्। दुईमध्य को उत्कृष्ट भन्ने प्रश्नमा विश्व फुटबल नै दुई ध्रुवमा उभिँन्छ। यहाँ हामी रोनाल्डोले तोड्न नसक्ने मेसीका कीर्तिमानहरुको चर्चा गर्दैछौं।

सबैभन्दा धेरै युरोपियन गोल्डेन बुट (६)

युरोपियन गोल्डेन बुट युरोपभरि हुने लिगहरुमा उक सिजनमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई प्रदान गरिन्छ। मेसीले हालसम्म ६ पटक युरोपियन गोल्डेन बुट पाएका छन् भने रोनाल्डोले ४ पटक पाएका छन्। रोनाल्डो हाल पनि व्यवसायिक फुटबल खेलिरहेको भएपनि उनलाई मेसीको यो कीर्तिमान तोड्न मुश्किल छ।

लगातार ४ बालोन डि’ओर

मेसीले सन् २००९ देखि २०१२ सम्म लगातार ४ पटक बालोन डि’ओर जितेका छन्। व्यक्तिगत फुटबलमा सर्वोत्कृष्ट मानिने यो अवार्ड मेसीले समग्रमा ६ पटक जितिसकेका छन्। रोनाल्डोले ५ पटक जितेका छन्। रोनाल्डोले लगातार ४ पटक बालोर डि’ओर जित्दै मेसीको कीर्तिमान भंग गर्ने कुरा असम्भव छ।

एउटै क्लबका लागि सर्वाधिक गोल

एउटै क्लबका लागि सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान मेसीको नाममा छ। मेसीले फुटबल क्लब बार्सिलोनाका लागि ६ सय ७२ गोल गरिसकेका छन्। रोनाल्डो म्यानचेस्टर युनाइटेड, रियल मड्रिड हुँदै हाल युभेन्टसमा छन्। मेसीको यो कीर्तिमान पनि रोनाल्डोले तोड्न सक्ने कल्पना गर्न सकिँदैन।

एक क्यालेण्डर वर्षमा सबैभन्दा धेरै गोल

लियोनल मेसी एक क्यालेण्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्। उनले सन् २०१२ मा ९१ गोल गरेका थिए। उनले गेर्ड मुलरको ८५ गोलको कीर्तिमान भंग गरेका थिए। मेसीको यो कीर्तिमान पनि रोनाल्डोले तोड्न सक्दैनन्।

सर्वाधिक धेरै बालोन डि’ओर

लियोनल मेसी सबैभन्दा धेरैपटक बालोन डि’ओर जित्ने खेलाडी हुन्। उनले ६ पटक यो उपाधि जितिसकेका छन्। रोनाल्डोले ५ पटक यो उपाधि जितेका छन्। व्यवसायिक फुटबलको अन्तिमतिर आउादै गर्दा रोनाल्डोले अर्को बालोन डि’ओर जित्ने सम्भावना न्यून छ। त्यसकारण यो कीर्तिमान तोड्न पनि रोनाल्डोलाई मुश्किल छ।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापासँगकाे अन्तरवार्ता

प्रकाशित : २६ जेष्ठ २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल