Logo

खेलकुद

क्रिस्टियानो रोनाल्डोको क्रेज: विश्वलाई चकित पार्ने ‘फ्यान फलोइङ’, इन्स्टामा रेकर्ड



एजेन्सी, २५ पुस – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो विश्वका उत्कृष्ट फुटबलरमध्ये एक हुन्। रोनाल्डोले फुटबल करियरमा हासिल गरेका उपलब्धीहरुका कारण उनलाई सर्वकालिन महान् फुटबलर मानिन्छन्। फिफा क्लब विश्वकपमा सबैभन्दा धेरै गाले गर्ने खेलाडीको कीर्तिमान रोनाल्डोकै नाममा छ।

फुटबल जगतमा रोनाल्डोले धेरै कीर्तिमानहरु बनाएका छन्। उनी हालसम्मको स्थितिमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय ह्याट्रिक गर्ने खेलाडी हुन्। रोनाल्डो एक क्यालेण्डर वर्षमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन्। उनी पोर्चुगलको लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन्।

रोनाल्डो फुटबल मैदानमा जति प्रभावकारी देखिन्छन्, मैदान बाहिर पनि उत्तिनै प्रेरणादायी छन्। फुटबलमा मात्र हैन रोनाल्डो विश्वमै सबैभन्दा धेरै रुचाइएका व्यक्तिमा पर्छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा उनी सबैभन्दा धेरै फलोअर्स भएका व्यक्ति हुन्। उनलाई इन्स्टाग्राममा २ सय ५१ मिलियनले फलो गरेका छन्।

इन्स्टाग्राममा रोनाल्डोको फलोअर्स दोस्रो स्थानकी गायिका यरिएना ग्रानडेभन्दा ३७ मिलियनले बढी हो। यरिएनाको फलोअर्स २ सय १४ मिलियन छ।

त्यस्तै, रोनाल्डोको आधिकारीक फेसबुक पेजलाई १ सय २४ मिलियन युजरले लाइक गरेका छन्। समग्रमा उनको फेसबुक पेज सर्वाधिक लाइक गरिएको पेजको तेस्रो नम्बरमा पर्छ।

धेरै लाइक गरिएको व्यक्तिको पेजमा उनी पहिलो स्थानमा छन्। फेसबुकमा सर्वाधिक लाइक गरिएको पेज ‘फेसबुक एप’ हो जसलाई २ सय ११ मिलियन यूजरले लाइक गरेका छन्। दोस्रो नम्बरमा ‘सामसङ’ छ जसलाई १ सय ६१ मिलियन यूजरले लाइक गरेका छन्।

रोनाल्डो ट्वीटरमा धेरै फलोअर्स भएका व्यक्तिको टप ५ भित्र पर्छन्। उनलाई ट्वीटरमा ९० मिलियनभन्दा बढीले फलो गरेका छन्। इन्स्टाग्राम, ट्वीटर र फेसबुक गरी रोनाल्डोका ४ सय ६५ मिलियन फलोअर्स छन्। यसकारण रोनाल्डो विश्वमा सर्वाधिक रुचाइएका व्यक्तिको अग्रस्थानमा रहेको मानिन्छ।

निष्ठाका नायक रमेश खरेल: २९ वर्ष नेपाली प्रहरीमा, अब के? (अन्तरवार्ता)

प्रकाशित : २५ पुस २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल