Logo

खेलकुद

यी हुन् फुटबल इतिहासमा सबैभन्दा धेरै ह्याट्रिक प्रहार गर्ने खेलाडी



एजेन्सी, १ माघ – उत्कृष्ट गोलकर्ताहरुको जमात रहेको यो युगमा फुटबल हेरी रमाउन पाउँदा धेरैले आफूलाई भाग्यमानी ठान्छन्। तर, हामी रमाइरहेको समयभन्दा पहिले पनि फुटबलमा केहि उत्कृष्ट खेलाडीहरु थिए। ती खेलाडीहरुको खेल कौशलमा रमाउनेहरुको पनि राम्रै जमात् थियो होला सायद।

खेलाडीको लागि फुटबल मैदानमा ह्याट्रिक गर्नुभन्दा ठूलो खुशी के हुन सक्ला र? मैदानमा एक खेलाडीले एउटै खेलमा ३ गोल गर्नु सानो कुरा भने पक्कै होइन। हालसम्मको स्थितिमा फुटबल इतिहासमा सबैभन्दा धेरै लागि ह्याट्रिक गर्ने ५ खेलाडीहरुबारे यहाँ चर्चा गर्‍याैं।

१. पेले

फुटबल इतिहासमा सबैभन्दा धेरै ह्याट्रिक गर्ने खेलाडीको कीर्तिमान पेलेको नाममा छ। ब्राजिलियन लिजेण्ड पेलेले आफ्नो करियरमा सबैखाले खेलमा गरी ९२ ह्याट्रिक प्रहार गरेका छन्। स्रोतको अस्पष्टताका कारण पेलेको रेकर्ड तथा गोल संख्यामा विवाद रहेपनि गिनिज बुक अफ दी वल्र्ड रेकर्डले पेलेलाई फुटबल इतिहासमा सर्वाधिक धेरै ह्याट्रिक गर्ने खेलाडीको रुपमा स्वीकार गरेको छ। उनले धेरैजसो ह्याट्रिक मैत्रीपूर्ण खेलमा प्रहार गरेको बताइएको छ।

२. क्रिस्टियानो रोनाल्डो

सर्वकालिन महान् फुटबलरमध्येका एक हुन् क्रिस्टियोना रोनाल्डो। युभेन्टसबाट व्यवसायिक फुटबल खेलिरहेका रोनाल्डोले आफ्नो करियरमा ५६ ह्याट्रिक प्रहार गरेका छन्। उनी फुटबल इतिहासमा सबैभन्दा धेरै ह्याट्रिक गर्ने खेलाडीको दोस्रो स्थानमा छन्। रोनाल्डोे इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिस क्लब रियल मड्रिडका पूर्वखेलाडी हुन्। हाल उनी जारी सिजनको सिरी ए को सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा छन्।

३. लियोनल मेसी

बार्सिलोनाका कप्तान लियोनल मेसी सबैभन्दा धेरै ह्याट्रिक गर्ने खेलाडीको तेस्रो स्थानमा छन्। उनले फुटबल करियरमा ५४ पटक ह्याट्रिक प्रहार गरेका छन्। सर्वकालिन महान् फुटबलरमध्येका एक मेसी हाल पनि ला लिगाको सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा छन्। सिजन २०२०–२१ मा खराब शुरुवात गरेका मेसी पछिल्ला खेलहरुमा उच्च लयमा देखिएका छन्।

४. लुइस सुआरेज

फुटबल इतिहासमा सबैभन्दा धेरै ह्याट्रिक गर्ने खेलाडीको चौथो स्थानमा लुइस सुआरेज छन्। बार्सिलोनाका पूर्व खेलाडी तथा एथ्लेटिको मड्रिडका फरवार्ड सुआरेजले हालसम्म २९ पटक ह्याट्रिक गरेका छन्। हाल पनि राम्रो लयमा रहेका सुआरेजले पनि उनको करियर ह्याट्रिक संख्या बढाउने आशा गर्न सकिन्छ।

५. रोबर्ट लेवान्डोस्की

वर्तमान फुटबल जगतमा रोबर्ट लेवान्डोस्कि उत्कृष्ट गोलकर्तामध्येका एक हुन्। उनले केहि समयअघि ‘फिफा दि बेस्ट’ को उपाधि पनि जितेका थिए। बायर्न म्युनिखका स्ट्राइकर लेवान्डोस्कि फुटबल इतिहासमा सबैभन्दा धेरै ह्याट्रिक गर्ने खेलाडीको पाँचौं स्थानमा छन्। उनले हालसम्म २४ ह्याट्रि गरिसकेका छन्। युवा खेलाडी लेवान्डोस्किले आगामि दिनमा यो संख्या बढाउने निश्चित छ।

गगन थापाले किन केपी शर्मा ओलीलाई भारत जान सुझाव दिए?

प्रकाशित : १ माघ २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल