Logo

खेलकुद

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी, बायर्न म्युनिख र बार्सिलोनासँगै यी क्लब छन् उपाधि होडमा



काठमाडाैं, २७ मंसिर – च्याम्पियन लिगको जारी सिजनको समूह चरणका खेलहरु केही हदसम्म नाटकीय रुपमा सकिएको छ। समूह चरणका खेलहरु सकिएसँगै लिगको अन्तिम १६ मा पुग्ने टिमहरुको टुङ्गो लागिसकेको छ।

जारी सिजन म्यानचेस्टर युनाइटेडले नकआउट चरणमा स्थान बनाउन नसक्दा एकै शहरका क्लब रियल मड्रिड र एथ्लेटिको मड्रिड अन्तिम १६ मा प्रवेश गरे।

यससँगै युरोपियन क्लब फुटलबको सबैभन्दा ठूलो प्रतिस्पर्धा च्याम्पियन्स लिगको सिजन २०२०–२१ को उपाधि कसले जित्ला भन्ने अड्कलबाजीहरु शुरु भएको छ।

च्याम्पियन्स लिगको साविक विजेता बार्यन म्युनिखको प्रदर्शन यस सिजन पनि उत्कृष्ट रहेको छ। समूह चरणमा ५ खेलमा जित र एक खेलमा बराबरी गरेको बार्यन उत्कृष्ट लयमा छ। त्यस्तै, सिजन २०१८–१९ को विजेता लिभरपुल र क्रिस्टियानो रोनाल्डो समावेश जुभेन्टस पनि च्याम्पियन्स लिगको जारी सिजनको दाबेदारी हुन्।

त्यस्तै, युरोपियन क्लब फुटबलको सर्वाधिक सफल टिम रियल मड्रिड उपाधि दाबेदार टिम हो। रियलले पछिल्लो पटक २०१७–१८ उपाध जितेको थियो। युवा खेलाडीको राम्रो जमात रहेको पेरिस सेन्ट जर्मन (पीएसजी) च्याम्पियन्स लिगको उपाधिको तीव्र प्रतिक्षामा रहेको छ। गत सिजनको उपविजेता पीएसजी पहिलो पटक उपाधि जित्ने दाउमा छ।

जारी सिजनको च्याम्पियन्स लिगको च्याम्पियन कुन टिम बन्ला भनेर अहिले अनुमान गर्न असम्भव छ। सोमबार सार्वजनिक हुने नक आउट चरणको ड्रबाट केही अनुमान भने अवश्य गर्न सकिन्छ।

यद्यपी, तथ्यहरु र सर्वेक्षणका आधारमा च्याम्पियन्स लिगको सम्भावित उपाधी दाबेदारीबारे चर्चा गर्न सकिन्छ। फाइभथर्टीएट डक कमले तयार गरेको तथ्याङ्कमा आधारमा यहाँ हामी च्याम्पियन्स लिग जीत्ने सम्भावना कुन टोलीको कति छ भनेर चर्चा गर्दैछौं।

फाइभथर्टीएट डक कमले विभिन्न तथ्यहरुको संकलनबाट च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएका टिमहरुले उपाधि जीत्ने सम्भावना कति रहेको छ भनी प्रतिशतमा हिसाब गरेको छ।

फाइभथर्टीएट डक कमको प्रतिवेदन अनुसार यस सिजनको च्याम्पियन्स लिगको उपाधिको मुख्य दाबेदार म्यानचेसटर सिटी रहेको छ सिटीले उपाधि जीत्ने सम्भावना २४ प्रतिशत छ जुन अन्तिम १६ मा पुगेका टिममध्येको सर्वाधिक धेरै हो। त्यस्तै, बायर्न म्युनिखले उपाधि जीत्ने सम्भावना १७ प्रतिशत छ भने बार्सिलोनाको सम्भावना १० प्रतिशत छ।

यसैगरी लिभरपुलको ७, चेल्सीको ७, पीएसजीको ७, बोरुसिया डर्टमण्डको ६, रियल मड्रिडको ६, एथ्लेटिको मड्रिडको ५, जुभेन्टस ३, आरबी लेपजिगको ३, एटलान्टाको एक, सेभिल्लाको एक, बोरुसिया मोन्चेन्ग्लाबाचको एक, पोर्टोको एक र लाजियोको एक प्रतिशत सम्भावना रहेको छ।

फाइभथर्टीएटको सर्वेक्षणले म्यानस्चेस्टर सिटीको उपाधि यात्रा बलियो देखाएको छ। अघिल्लो वर्ष लायोनसँग पराजित हुँदै उपाधि यात्रामा अघि बढ्न नसकेको सिटी यस सिजन समूह चरणको ५ खेलमा विजयी भएको थियो भने एक खेल बराबरी खेलेको थियो।

सर्वेक्षण अनुसार च्याम्पियन्स लिग २०२०–२१ को उपाधिमा म्यानचेस्टर सिटी, बायर्न म्युनिख, बार्सिलोना र लिभरपुलको मुख्य दाबेदारी रहने छ। (एजेन्सीको सहयोगमा)

प्रकाशित : २७ मंसिर २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल