Logo

आर्थिक

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ अध्यक्षमा सापकोटा



काभ्रे, २३ कात्तिक – बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ अध्यक्षमा उद्धव सापकोटा निर्वाचित भएका छन्। संघको प्रारम्भिक साधारणसभाबाट सापकोटा निर्विरोध चयन भएका हुन्।

संघको वरिष्ठ उपाध्यक्षमा प्रकाश श्रेष्ठ, महिला उपाध्यक्ष राधा सिङ्तान, महासचिवमा जीवसराज खड्का निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी, सचिवमा भएको निर्वाचनमा गोविन्द काफ्ले निर्वाचित भएका छन्।

सचिवमा काफ्ले र कमलराज अधिकारीबीच प्रतिस्पर्धा भएकोे थियो। अधिकारीले १२ मत प्राप्त गर्दा काफ्लेले ६३ मत प्राप्त गरेका छन्।

कोषाध्यक्षको जिम्मेवारी टापबहादुर श्रेष्ठले प्राप्त गर्दा संघका सदस्यहरूमा इन्द्र घिमिरे, प्रकाश बञ्जारा, तेजबहादुर खड्का, राधा कडरिया, प्रदीप थापा, ठाकुरप्रसाद बाँस्कोटा, कृष्णहरि कोइराला, चक्रबहादुर बस्नेत, जगन्नाथ दाहाल र ओमप्रसाद आचार्य चयन भएका छन्।

लेखा समितिको संयोजक केशवप्रसाद दंगाल चयन भएका छन्। र, सदस्यमा रमिला श्रेष्ठ र रमेश श्रेष्ठ चयन भएका छन्।

प्रकाशित : २४ कार्तिक २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल