Logo

प्रदेश-१

संघीय लिम्बुवान मञ्चको संगठन विस्तार तीव्र, झापामा लिम्बुवान भोलेन्टियर्स गठन



झापा, ९ कात्तिक – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च, नेपालको भ्रातृ संगठन लिम्बुवान भोलेन्टियर्सको संगठन विस्तार चलिरहेको छ।

झापामा मञ्चको सांगठानिक संरचनामा बलियो बनाउने उद्देश्यले झापाको शिवसताक्षी नगरपालिका–१० मा ३५ सदस्यीय समिति गठन गरिएको हो।

केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ लिम्बूका अनुसार अर्पण मगरको कमाण्डमा ३५ सदस्यीय समिति गठन गरिएको हो। शिवसताक्षी नगरका जुझारु युवाहरूलाई समेटेर वडा समिति गठन गरिएको छ।

कार्यक्रममा मञ्चका नेताहरू सुमन सम्वाङ्फे, शिव सेर्मा, लिला लावती, अर्जुन लावती, सुविन चेम्जोङ लगायतले पहिचानसहितको संघीयताका लागि संघर्ष गर्नका लागि संगठन विस्तारलाई तीव्रता दिनुपर्नेमा जोड दिए।

फिल्ड उपकामाण्डर सञ्जय सिगुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रतन सिगु लिम्बुले गरेका थिए।

संविधानले हाम्रो घाँटी काटेको छ, सच्याउन आन्दोलन गर्दै छौंः कुमार लिङ्देन

प्रकाशित : ९ कार्तिक २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल