Logo

religion

बगलामुखी माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

सामाजिक कार्य, धर्म, कर्मजस्ता परोपकारमै दिन बित्ने छ। छोटो तर लाभदायक यात्राको योग छ। आफ्नो कार्यले अरु प्रभावित हुने छन्।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

धन प्राप्तिको योग छ। न्याय र शैक्षिक क्षेत्रमा उन्नति हुनेछ। चिताएको काम बन्ने छ। दिन असाध्यै राम्रो छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

काम बन्ने छ। तर, तपाईले धैर्यता र इमान्दारिता प्रस्तुत गर्नुपर्ने छ। व्यवसायमा सोचेजस्तो सफलता नदेखिए पनि साँझपख केही लाभ हुने योग छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डा)

दिन फलदायी छ। चिन्ता दिनभरि रहे पनि समग्रमा दिन राम्रोसँग बित्ने छ। स्वास्थ्य समस्या विस्तारै समाधान हुने योग छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

धर्म कर्ममा मन जाने छ। तर, आफूलाई कुनै किसिमको क्षति नहोस् भन्नका लागि सतर्क रहनु होला। सम्मान पाउने योग पनि छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

दिन राम्रो छ। संकट अन्त्य हुने छ। खुशी छाउने छ। अधुरा काम पूरा हुने र यात्राको योग पनि रहेको छ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सवारीसाधन अथवा अन्य वस्तु लाभ हुने योग छ। पैसा खर्च भए पनि मन अत्यन्तै आनन्दित हुने छ। परिवारको सहयोगले दिन सोचेभन्दा रमाइलो हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

दिन राम्रो छ। पैसा खर्च भए पनि काम बन्ने छ। धार्मिक यात्राको योग छ। परिवारको सल्लाहले काम गरे आर्थिक लाभ हुने योग छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आजको दिन राम्रो छ। गुमेको पैसा हात पर्ने छ। सम्मान बढ्ने छ। आर्थिकलाभ हुँदा केही खर्च पनि हुने योग छ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

यात्राको योग छ। नयाँ बस्त्र प्राप्त हुनेछ। सोचेभन्दा राम्रो हुने छ आजको दिन। बोलीको प्रभाव बढ्ने छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आजको दिन संघर्षशील हुनेछ। काम बन्ने छ। तर, त्यसका लागि निकै मेहनत गर्नुपर्ने छ। मध्यान्ह पनि आर्थिक लाभ हुने योग रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

अधुरा काम आज सम्पन्न हुने योग रहेको छ। सामाजिक कार्य सफल हुनेछ। सम्मानसँगै आर्थिक लाभ हुने योग रहेको छ। यद्यपि, दिनभरि मन चञ्चल रहँला।

ज्याेतिष : मुना पोखरेल

(अन्य ज्योतिष सेवाका लागि एशिया सञ्चारको फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ।)

रमेश खरेल: नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको बाटो के ?

प्रकाशित : २९ आश्विन २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल