Logo

प्रदेश-१

शिक्षासेवी मदन चेम्जोङको निधन



धरान, २८ असोज – शिक्षासेवी मदन चेम्जोङको निधन भएको छ। शिक्षासेवी चेम्जोङको सुनसरी धरानमा बुधबार निधन भएको हो।

पूर्वका ख्याती प्राप्त गणित शिक्षक चेम्जोङ लामो समयसम्म शिक्षण सेवामा सक्रिय रहेका थिए। पाँचथरको स्याब्रुम्बामा जन्मिएका चेम्जोङ पछिल्लो समय धरान बस्दै आएका थिए।

शिक्षासेवी चेम्जोङको निधनले नेपालको पूर्वी भेगको एउटा शिक्षाको ज्योति निभेको अनुभूति भएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकले बताए।

शिक्षणसँगै सामाजिक सेवामा खटिने चेम्जोङ पाँचथरमा आर्थिक र सामाजिक गतिविधिमा खटिने गरेका थिए। स्व. चेम्जोङकी श्रीमती ठूली लावती र पाँच जना छोरीहरू रहेका छन्।

संविधानले हाम्रो घाँटी काटेको छ, सच्याउन आन्दोलन गर्दै छौंः कुमार लिङ्देन

प्रकाशित : २८ आश्विन २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल