Logo

विचार

धर्ममाथि निरन्तर प्रहार, न्याय स्थापनामा असफल सरकार



नेपाल युगौदेखि हिन्दु धर्मको आस्थाको प्रमुख केन्द्र बिन्दु हो। हामीले हाम्रो मुलुकमा हिन्दुराज्य हुँदा पनि अन्य धर्मावलम्बी नेपालीहरूप्रती कहिल्यै नराम्रो व्यवहार राखेका थिएनौ, सधैं अन्य धर्मावलम्बीहरूलाई सम्मान गर्‍यौं। एक दशकअघि नेपालमा राजनीतिक परिवर्तन भयो। राजनीति दल तथा नागरिक समाजका अगुवाहरू र आन्दोलनको मर्म अनुसार नेपाल धर्म निरपेक्ष राष्ट्र भयो। तर, अहिले नेपालमा हिन्दू धर्मका सन्त महन्त तथा पुजारीहरूमाथि आक्रमण गरेर उनीहरूको ज्यान लिने कार्य भइरहेको छ। त्यसैको प्रतिनिधि घटना हो, रौतहटको पुजारी हत्याकाण्ड।

आजै मङ्गोल अर्गनाइजेसन आर्मीले हिन्दू धर्मविरुद्ध लड्न आह्वान गर्दै जारी गरेको विज्ञप्ति जारी गरेको छ। यी र यस्ता गतिविधिले नेपालमा अनावश्यक त्रास र द्वन्द्वको विजारोपण हुनेतर्फ सरकारको ध्यान जान आवश्यक छ। अहिलेको सरकारले यस्ता गतिविधिलाई रोक्न कुनै पहलकदमी लिएको छैन। उल्टै त्यस्ता आपराधिक गतिविधिमा संलग्नहरूलाई खोजतलास नगर्न दिएको निर्देशनले कानूनी शासनको खिल्ली उढाएको छ।

अराजक गतिविधिलाई रोकेर त्यस्ता गतिविधिमा संलग्नहरूलाई कारबाही गर्नैपर्छ। यो सरकारको दायित्व हो। सरकारसँग आग्रह छ कि, कुनै पनि किसिमको हिंसा नेपाल र नेपालीले चाहेको छैन। साथै हिन्दू धर्मावलम्बी तथा अन्य कुनै सम्प्रदायमाथिको आक्रमण पनि स्वीकार्य हुनै सक्दैन। यो सबैको साझा देश हो। र, यस्ता भौतिक तथा धार्मिक आक्रमण रोक्न सरकारले पहल लिनैपर्छ। नभए हिन्दू धर्मावलम्बीमाथि हरेक दिन आक्रमण भइरहने घटनाको परिणाम गलत आउने निष्कर्षमा पुग्न कुनै आइतबार बार्नुपर्दैन। धर्ममाथिको प्रहार स्वीकार्य छैन। सरकारले पछिल्ला दिनमा भइरहेका धर्म विरोध घटनाका अभियुक्तलाई कारबाही गर्नैपर्छ।

प्रकाशित : १४ भाद्र २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल