Logo

भारत

भारतका पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर



काठमाडौं, २७ साउन – भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर भएको छ। हिन्दुस्तान टाइम्सका अनुसार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएका मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर भएको हो।

नयाँ दिल्लीकै सैनिक अस्पतालमा मुखर्जीको मस्तिष्कको शल्यक्रिया गरिएको थियो। ब्रेन सर्जरीपछि मुखर्जीको अवस्था नाजुक बनेको हो। अहिले उनलाई भेन्टिलेटरमा राखिएको छ।

मुखर्जीले सोमबार ट्वीट गर्दै आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका थिए। यसअघि, भारतीय गृहमन्त्री अमित शाहलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो।

प्रकाशित : २७ श्रावण २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल