Logo

विचार

कोरोनाविरुद्ध लडाइँमा बेलायतका २ लाख नेपाली उच्च मनोवलसाथ एकजुट छौं



  • रवि उप्रेती

वैश्विक महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा पनि अछुतो रहेन। बेलायत सरकारको उच्च सुरक्षा सतर्कता र निगरानीका बावजुद यहाँको निकै ठूलो जनसंख्या कोरोना भाइरसबाट संक्रमित भइसकेको छ। बेलायतमा स्थायी र अस्थायी बसोबास गर्ने २ लाखभन्दा धेरै नेपाली समुदाय पनि कोरोना भाइरसको त्रासबाट आक्रान्त छ। नेपालीहरूमा खासै संक्रमण नदेखिए पनि त्रासको माहोल हरेकजसोको अनुहारमा देखिएको छ।

बेलायतसँग नेपालको पूरानो साइनो छ। त्यसैले यहाँ आउने नेपालीहरू प्रायः गोर्खा सैनिक छन्। सैनिकपछि विद्यार्थी र व्यवसायीको संख्या पनि उत्तिकै छ। कुनै बेलायती नागरिकलाई संक्रमण हुँदा नेपाली र नेपालीभाषीलाई संक्रमण नहोला भन्न सकिँदैन। त्यसैले आफ्नो सुरक्षाका लागि भरपुर सावधानी अपनाउन हामी कसैले पनि कञ्जुस्याइँ गर्नु हुँदैन।

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट २ सय ४० को ज्यान गइसकेको छ। ज्यान गुमाउनेमध्येमा एक जना नेपाली पनि रहेका छन्। कोरोना संक्रमण पुष्टि भएका ५ हजार ६७ जनालाई उच्च सुरक्षा सतर्कताका साथ उपचार गराइँदैछ।

कोरोनाको संक्रमण र प्रभावितको स्थिति

चीनको वुहान पछिल्लो तथ्याङ्क अनुसार बेलायतमा कोरोना भाइरसको संक्रमणबाट २ सय ४० को ज्यान गइसकेको छ। ज्यान गुमाउनेमध्येमा एक जना नेपाली पनि रहेका छन्। कोरोना संक्रमण पुष्टि भएका ५ हजार ६७ जनालाई उच्च सुरक्षा सतर्कताका साथ उपचार गराइँदैछ। नागरिकको ज्यान जोगाउने सम्बन्धमा राज्यले गम्भीर पहल गरिरहेको छ। अस्पताल तथा अन्य स्वास्थ्य प्रदायक संस्थाहरूले उच्च सावधानीका साथ काम गरिरहेका छ।

सरकारले यहाँका नागरिकका लागि विशेष प्याकेज घोषणा गरी सकेको छ। रोजगारीमा रहेका हरेकलाई तलबको ८० प्रतिशत रकम सरकारले दिने घोषणा गरेको छ। तर, त्यो रकम २ हजार ५ सय पाउण्डभित्र पर्ने छ। तलबको ८० प्रतिशत बढी भएमा उनीहरूले पनि २ हजार ५ सय पाउण्ड नै पाउने छ। साथै धनी राज्य भएकाले पनि नागरिकलाई यो सुविधा दिइएको हो। त्यसैगरी, ऋण लिँदा ब्याजदर शून्य दशमलव ७५ बाट घटाएर शून्य दशमलव २५ पुर्‍याएको थियो। तर गतसाताबाट ब्याजदर घटाएर अहिले शून्य दशमलव १० प्रतिशतमा पुर्‍याएको छ।

सरकारको अपील र कामको स्थिति

सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि गम्भीर पहल गरिरहेको छ। तर, खाद्य सामग्री उत्पादन गर्ने कम्पनीहरूले काम रोकेका छैनन्। सरकारले सार्वजनिकस्थलमा नजान अनुरोध गरिसकेको छ। रोजगारी नभएका मानिसहरू घरै बसेका छन्। क्याफे, बार, रेस्टुरेन्ट, जीम र सोसियल क्लब बन्द छन्। शनिबारबाट ठूला कपडा कम्पनी पनि बन्द हुन थालेका छन्। खानासम्बन्धी साना पसल र खाद्य सामग्री बिक्री गर्ने ठूला सुपरमार्टेकहरू खुलेकै छन्।

यहाँका खाद्यसम्बन्धी कम्पनीमा उच्च सतर्कता अपनाइएको छ। सबैले पञ्जा र मास्क लगाउँछन्। सेफहरू पञ्जा लगाउन मिल्दैन। त्यसैले सेफहरू नियमित साबुन पानीले हात धुने गर्छन्। पैसा खेलाएमा तत्कालै धुने गर्छन्। काउन्टर र उपभोक्ताका बीचमा दूरी राखिएको छ। कसैले कसैलाई छुँदैनन्। खाना उत्पादन गर्ने कम्पनी र फार्मेसीहरू सुचारी छन्।

उमेर पाको भएको र भाषाको समस्या भएका कारण पनि नेपाली समुदायमा केही समस्या छ। नेपाली विद्यार्थीहरू पनि कोरोनाको संक्रमणको त्रासमा छन्। यद्यपि, सतर्कताको पक्ष बलियो छ। समग्रमा यहाँ रहेका नेपालीहरू कोरोनाको सन्त्रासविरुद्ध लड्न एकमन र एकजुट छन्।

नेपाली समुदायको बसोबास र सतर्कता

बेलायतमा नेपाली समुदायको बसोबास अधिकांश ठाउँमा छ। लण्डनको दक्षिणपूर्वी लण्डनको ग्रीनवीच, हस्लो, अल्र्डसट, फानब्रो लगायतका शहरमा नेपाली समुदायको बसोबास बढी छ। विशेषतः जेष्ठ नागरिक र बालबालिकालाई कोरोना भाइरसको संक्रमण बढी देखिने भएकाले अलि बढी त्रास त्यो पङ्क्तिमा छ।

नेपाली समुदायमा पनि पेन्सनरहरू र लाहुरेहरू बढी छन्। उमेर पाको भएको र भाषाको समस्या भएका कारण पनि नेपाली समुदायमा केही समस्या छ। नेपाली विद्यार्थीहरू पनि कोरोनाको संक्रमणको त्रासमा छन्। यद्यपि, सतर्कताको पक्ष बलियो छ। समग्रमा यहाँ रहेका नेपालीहरू कोरोनाको सन्त्रासविरुद्ध लड्न एकमन र एकजुट छन्।

रूघाखोकी लागेका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आउनु हुँदैन। पशुजन्य सामग्री जस्तै मासु, अण्डा राम्रोसँग पकाएर मात्रै खानुपर्छ। भीडभाडमा नजाने र फ्लूजस्तो लक्षण देखिएमा तत्कालै चिकित्सकसँग परामर्श गर्नुपर्छ।

नेपाली राजदूताबास र गैरआवासीय नेपाली संघले पनि कोरोनाको संक्रमणबाट जोखिन अपील गरिसकेका छन्। अन्य सामाजिक संघ–संस्था पनि सक्रिय रुपमा कोरोना भाइरसको संक्रमणको जोखिम रोकथामको अभियानमा लागेका छन्।

कोरोनाबाट कसरी बँच्ने?

कोरोना भाइरसको संक्रमणबाट बँच्नका लागि स्वयम् सचेत हुन जरुरी छ। नियमित हात धुने, सफाइमा ध्यान दिने, ज्वरो आएको र हाछ्यू गरेका व्यक्तिको सम्पर्कमा नजाने आदि कार्यले कोरोनाको संक्रमणबाट बच्न सकिन्छ। यसका लक्षणहरू १०४ डिग्रीभन्दा माथि ज्वरो आउने, मांसपेशी दुख्ने, श्वासप्रश्वासमा समस्या हुने, सुख्खा खोकी लाग्ने टाउको दुख्ने आदि हुन्। संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आउँदा, हाछ्यू गर्दा र खोक्दा र संक्रमित सामग्रीबाट कोरोना सर्न सक्छ।

त्यसैले नियमि रूपमा साबुन पानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने, मास्क प्रयोग गर्ने र खोक्दा मुख छोप्नु पर्छ। रूघाखोकी लागेका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आउनु हुँदैन। पशुजन्य सामग्री जस्तै मासु, अण्डा राम्रोसँग पकाएर मात्रै खानुपर्छ। भीडभाडमा नजाने र फ्लूजस्तो लक्षण देखिएमा तत्कालै चिकित्सकसँग परामर्श गर्नुपर्छ।

(९ वर्षदेखि बेलायतमा रहँदै आएका उप्रेती सामाजिक अभियन्ता हुन्।)

प्रकाशित : ९ चैत्र २०७६, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल