Logo

विचार

प्रधानमन्त्रीज्यू, सर्पले बेर्‍यो भन्दैमा श्रृखण्डको रूख विषाक्त हुँदैन, तर…



डा. डिला संग्रौला

निवर्तमान सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड सेटिङ गरेको अडियो फागुन ८ गते सार्वजनिक भयो । स्वीस कम्पनीका एजेन्ट विजयप्रकाश मिश्रसँगको अडियो आफ्नो भएको स्वीकार गर्दै बाँस्कोटाले राजीनामा दिनुभयो । फागुन १५ गते प्रधानमन्त्री केपी ओलीले बाँस्कोटालाई निर्दोष करार गर्दै चोख्याउनु भयो । १६ गते पूर्वमन्त्री बाँस्कोटाले विजयप्रकाश मिश्रविरुद्ध जिल्ला अदालत काठमाडौंमा गाली–बेइज्जतीको मुद्दा दायर गर्नु भयो । हेर्दा नाटकजस्तै लाग्ने बाँस्कोटा प्रकरणको परिदृश्य लोकतन्त्रका लागि लडेका नेपाली जनताले बढो आश्चर्यचकित र लज्जाका साथ हेरिरहेका छन् ।

पूर्वमन्त्री बाँस्कोटाले २८ अर्बको स्याटेलाइट खरिद प्रक्रिया, २३ अर्बमा सेक्युरिटी प्रेस खरिद गर्ने योजना, फोरजी विस्तार गर्दा १९ अर्बको ठेक्का, डेढ अर्ब रूपैयाँमा हुने कार्यक्रम साढे ३ अर्ब पु¥याएर सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरेको तथ्य बाहिरिएको छ । मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टमको दररेट घटाउन लगाएर ५ अर्बको ठेक्का तथा अप्टिकल फाइबर बिछ्याउन दिइएको १० अर्ब रूपैयाँको ठेक्कामा हस्तक्षेप गरेको खुलासा सञ्चारमाध्यमले गरेका छन् । साथै मन्त्रीबाट राजीनामा दिएपछि अख्तियारको टोलीको भेष आफ्नै सचिवालयका सदस्यलाई खटाएर मन्त्रालयका कागजपत्र र प्रमाण नष्ट गरेको तथ्य पनि बाहिरिएको छ । अब पनि अनुसन्धान गर्न ढिलाई नहोस् । तत्काल गम्भीर अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइयोस् । बास्कोटामाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ६ अनुसार कमिसन प्रकरणमा कारबाही गरियोस् ।

एक मन्त्रीले कमिसनको सेटिङ गर्ने र प्रधानमन्त्रीले ‘होइन, होइन, यति सानो बच्चाले कसरी त्यत्रो ७० करोडको सेटिङ गर्न सक्छ’ भनेर खुलेआम भन्ने ! प्रधानमन्त्रीज्यू, लोकलाज राख्नुस् । राज्य सञ्चालनको सम्पूर्ण साँचो बोकेको व्यक्तिले यसरी जेसुकै बोल्नु किमार्थ ठिक होइन । जनमतको सम्मान गर्दै आफ्नो बोलीमा लगाम राख्नुस् । पञ्चायत र राणाकालीन शासकहरूले गर्ने व्यवहार गणतन्त्रकालीन प्रधानमन्त्रीबाट किन भइरहेको छ ? सर्पले बेर्‍यो भन्दैमा श्रृखण्डको रूख विषाक्त हुन्छ भन्ने छैन । प्रधानमन्त्रीले गरेका भ्रष्टाचारविरुद्धका प्रतिवद्धता श्रृखण्ड रूपी छन् । तर, व्यवहार ठिक विपरीत छ । उहाँको नजिकका मान्छेको बदनामीको श्रृंखलाले मूलजरो नै विषाक्त हो कि भन्ने शंका पैदा भएको छ । प्रधानमन्त्रीको प्रतिवद्धता कार्यान्वयनको थालनी बाँस्कोटामाथि गम्भीर छानवीन गरी कानूनी कारबाही गरेर शुरूआत होस् ।
धन्यवाद

प्रकाशित : १८ फाल्गुन २०७६, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल