Logo

भारत

विश्व शान्तिको कामना गर्दै अठार महापुराण



राजु भण्डारी, कालिम्पोङ्ग, पश्चिम बंगाल सिम्ले सिंहदेवि पुजा अठार महापुराण आयोजक समितिको आयोजनामा आजदेखि यहाँको लोवर बोङबस्तीमा श्री अठार महापुराण सङ्गीतमय नवाह ज्ञान महायज्ञ आरम्भ भएको छ।


यहाँको लोवर टारी गाउँ चनौटे टारस्थित महापुराण मण्डपबाट १०८ गङ्गाजलमय कलश, अठार महापुराणका पुस्तकहरू लिएर भक्तजनद्वारा शहर परिक्रमा गरी पुराणको शुभारम्भ गरिएको थियो।


विश्व शान्तिको कामना गर्दै धर्म, संस्कार, संस्कृति र परम्परालाई जगेर्ना गरि युवावर्गमा आध्यात्मिक चेतना जगाउने विशेष उद्देश्य लिएर आयोजित यस अठार महापुराणको आज पहिलो दिन भजन-किर्तन गर्दै श्रद्धालु भक्तजनहरूद्वारा शहर परिक्रमा गरिएको थियो।


आगामी १५ दिसम्बरसम्म सम्पन्न हुने यस ९ दिवसीय महापुराण अन्तर्गत दिवा समयमा देवी भागवत महापुराणको व्याख्यान, सन्ध्या कालमा भविष्य पुराण, सम्पूर्ण अठार महापुराण पाठ, दैनिक गौ पुजन, दान, गायत्री मन्त्रद्वारा दिनहुँ हवन, धान्याञ्चल, चार-वेद पाठ, बौद्ध गुरुजनद्वारा दिनहुँ पाठ, हरेक साँझ लक्ष्यवर्तिका प्रज्ज्वलन, आरती आदि सम्पन्न गरिने पुराण आयोजक समितिका सभापति भूवन नेपालले जानकारी दिएका छन।

प्रकाशित : २० मंसिर २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: