Logo

खेलकुद

श्रीलंकाद्वारा नेपाल ६ विकेटले पराजित



काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाली टोली श्रीलंकासँग पराजित भएको छ।

कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा मंगलबार भएको खेलमा नेपाली टोली श्रीलंकाको यु–२३ टोलीसँग ६ विकेटले पराजित भएको हो।  घरेलु टोलीले पहिले ब्याटिङ गर्दै दिएको १ सय ७३ रनको लक्ष्य पाहुना टोली श्रीलंकाले १९.१ ओभमा मात्र ४ विकेट गुमाएर भेटाउन सफल भएको हो। 

लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले पहिलो ३ विकेट ४९ रनमा गुमाएको थियो। आक्रामक ब्याटिंग गरेका ओपनर पाथुम निस्संका ३० रन बनाएर सोमपाल कामिबाट आउट भए पछि लगातार विकेट गुमेको थियो। पाथुमले १२ बलमा ३ चौका र २ छक्का प्रहार गरे। त्यसपछि कामिन्दु मेन्डिस १ रन, चरिथ असलंका ६ रन बनाएर आउट भएका थिए।

तेश्रो विकेटको लागि निशान फर्नान्डो र शम्मु अशानले ९१ रनको साझेदारी गर्दै श्रीलंकालाई बलियो स्थितिमा पु¥याएका थिए। ४२ बलमा ५ चौका र १ छक्का मदतले ४६ रन बनाएका फर्नान्डोलाई पवन सर्राफले १७ औं ओभरमा क्याच आउट गराएका थिए। श्रीलंकाका लागि उत्कृष्ट इनिंग खेलेका अशानले अविजित ७२ रन बनाउ। अशानले ४४ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। अशेन बान्डाराले अविजित १४ रन बनाउँदा १ चौका र १ छक्का प्रहार गरे।

बलिङतर्फ नेपालका पवन सर्राफले सर्वाधिक २ विकेट हात पार्दा सोमपाल कामी र सुशन भारीले समान १/१ विकेट लिए। 
यस अघि खेलमा टस हारेर ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रनको योगफल बनाएको थियो। नेपालको लागि दिपेन्द्र ऐरीले सर्वाधिक ७२ रन बनाए। ४४ बल खेलेका दीपेन्द्रले ४ चौका र ३ छक्का प्रहार गरे। पवन सर्राफले २२, बिनोद भण्डारी र ज्ञानेन्द्र मल्ल समान २१ रन तथा आरिफ शेखले १९ रन बनाएका थिए।

नेपालको सुरुवात राम्रो हुन सकेको थिएन। १ रन बनाएका पारस खड्का दोश्रो ओभरमा कभिस्का अन्जुलाबाट विकेटकिपरबाट क्याच आउट भएका थिए। त्यसपछि आरिफ शेख १९ तथा ज्ञानेन्द्र मल्ल २१ रन बनाएर पवेलियन फर्किएका थिए। 

चौथो विकेटको लागि दिपेन्द्र ऐरी र बिनोद भण्डारीले अर्धशतकीय साझेदारी गरे। ५६ रनको साझेदारी गरे पछि बिनोद २१ रनमा बोल्ड भए। पाँचौ विकेटका लागि दिपेन्द्रले पवनसंग ६२ रनको साझेदारी गरे।

प्रकाशित : १७ मंसिर २०७६, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल