Logo

खेलकुद

विश्वकप फुटबलः क्रोएशिया, अर्जेन्टिना, फ्रान्स र डेनमार्क अन्तिम १६ मा (फोटो फिचरसहित)



काठमाडौं, १३ असार – विश्वकप फुटबल अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा जीत हासिल गर्दै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेको छ।

कप्तान लियोनल मेस्सीको गोलमा अर्जेन्टिनाले नाइजेरियाविरुद्ध विश्वकप समूह चरणको अन्तिम खेलको पहिलो हाफमा १–० को अग्रता लिएको थियो। मेस्सीले १४औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

पहिलो हाफको खेल १–० गोल अन्तरमा टुंगिएको खेलको दोश्रो हाफमा नाइजेरिया पुनः खेलमा फर्केको थियो। खेलको ५१औं मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै नाइजेरियाका भिक्टोर मोजेजले खेल बराबरीमा ल्याएका थिए।

​​​​​​​

तर, निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी रहँदा अर्जेन्टिनाका डिफेन्डर मार्कोसले विजयी गोल गर्दै अर्जेन्टिनाका लागि अन्तिम १६ मा स्थान सुरक्षित गरेका हुन्।

जीतसँगै अर्जेन्टिनाले प्री–क्वाटरफाइनलमा समूह सीको विजेता फ्रान्सँगको भेट निश्चित गरेको छ। प्री क्वार्टरफाइनलमा पुग्नका लागि अर्जेन्टिनालाई यो खेल जित्नै पर्ने दबाब रहेको थियो।

सोही समयमा भएको अर्को खेलमा आइसल्याण्डविरुद्ध क्रोएशिया २–१ गोलअन्तरले विजयी भएको छ। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलको ५३औं मिनेटमा क्रोएसियाका मिलान बडेजीले गोल गर्दै अग्रता दिलाएका थिए।

तर, खेलको ७६ औं मिनेटमा आइसल्याण्डका सिगर्ड्सनले पेनाल्टीमार्फत गोल गर्दै टोलीलार्इ खेलमा फर्काएका थिए। निर्धारित समयको अन्तिम मिनेटमा इभान पेरिसिकले क्रोएसियाका लागि गोल गर्दै जीत सुनिश्चित गरेका हुन्।

त्यसैगरी, मंगलबार भएको अर्को खेलमा फ्रान्स र डेनमार्कले गोररहित बराबरी खेलेका छन्।

प्रकाशित : १३ असार २०७५, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल