Logo

खेलकुद

नेपाल पुलिस क्लबलाई हराउँदै राष्ट्रिय जागृति फाइनलमा, बिबिएफसी झापासँग उपाधि भिडन्त



उत्तम रिजाल, पाँचथर, चैत २९ – नेपाल पुलिस क्लबलाई पराजित गर्दै राष्ट्रिय जागृति सुनसरी पाँचथरको रविमा जारी पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रित मिक्लाजुङ रवि गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ।

राष्ट्रिय जागृतिले आज सम्पन्न खेलमा प्रदेश एकको पुलिस क्लबलार्इ १–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। विजयी टिमका लागि जर्सी नम्बर–११ का दीपेन तामाङले गोल गरेका हुन्। उनले दोश्रो हाफको २८औं मिनेटमा दर्शनीय गोल गरेका थिए।

खेलमा दुवै टिमले दर्जनौं अवसर पाए पनि अन्य अवसरलाई सदुपयोग गर्न सकेनन्। पहिलो हाफको १७औं मिनेटमा पुलिसका जर्सी नम्बर–३ का दिलबहादुर तामाङको सशक्त प्रहार क्रसबारमा लागेर विफल भएको थियो।

त्यसपछि पनि पुलिसले राष्ट्रिय जागृतिमाथि पहिलो हाफमा दबाब कायम गरेपनि गोल गर्न पटक पटक चुकेको थियो। उसका उज्ज्वल राई, बुद्धबल तामाङ, दीपेन राई तथा जयनारायण चौधरीले आफूले पाएका अवसर खेर फालेका थिए।

त्यस्तै राष्ट्रिय जागृतिका समीर राई, तीर्थ बस्नेत र अमर मगरले पनि पटक–पटक पाएको अवसरलाई सदुपयोग गर्न सकेनन्। पहिलो हाफमा केही कमजोर देखिएको राष्ट्रिय जागृतिले दोश्रो हाफमा उत्कृष्ट पुनरागन जनाएको थियो।

खेलमा पुलिसका जर्सी नम्बर–३ का दिल बहादुर तामाङ र जर्सी नम्बर–९ का दीपेन राईले तथा राष्ट्रिय जागृतिका जर्सी नम्बर–२ का कप्तान रमेश राजवंशी र जर्सी नम्बर–७ का समीर राईले पहेँलो कार्ड पाएका थिए।

खेलको म्यान अफ दि म्याच पराजित टिमका जर्सी नम्बर–१० का उज्ज्वल राई घोषित भए। राष्ट्रिय जागृतिले अब उपाधिका डिफेण्डिङ च्याम्पियन बिबिएफसी झापासँग प्रतिस्पर्धा गर्नेछ। बिबिएफसी मोरङ युनाइटेडलार्इ ४–१ ले पखा लगाउँदै यसअघि नै फाइनल प्रवेश गरिसकेको छ। फाइनल खेल वैशाख १ गते हुनेछ।

प्रतियोगिताको विजेताले नगद दुई लाख तथा उप–विजेताले एक लाख रूपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा नेपाल र भारतका गरी आठ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको आयोजना राइजिङ स्टार स्पोर्टिङ क्लबले गरेको हो।

प्रकाशित : २९ चैत्र २०७४, बिहिबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: