काठमाडौँ, जेठ १७ गते । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले लोकतान्त्रिक संस्कार र संस्कृतिअनुरुप अहिलेको नेतृत्व नचलेकाले अराजक र पुनरोत्थानवादी प्रवृति बोकेका झुण्ड सल्बलाउन थालेको बताउनुभएको छ । पूर्व प्रधानमन्त्री खनालले मङ्गलबार एक कार्यक्रममा केही युवाले असहिष्णु रुपमा गरेको नाराबाजीबारे आफ्नो धारणा सार्वजनिक गर्दै राजनीतिक नेतृत्व सच्चिएर…