Logo

राजनीति

नेपाल मगर विद्यार्थी संघको अध्यक्षमा चन्द्र थापामगर, महासचिवमा प्रदीप घर्तीमगर सर्वसम्मत



काठमाडौं, जेठ १ गते । नेपाल मगर विद्यार्थी संघको अध्यक्षमा चन्द्र थापामगर सर्वसम्मत चयन भएका छन्। मगर विद्यार्थीहरूको साझा संगठन विद्यार्थी संघको १२ औं राष्ट्रिय महाधिवेशनले थापामगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

संघको वरिष्ठ उपाध्यक्षमा बुद्ध गर्जा मगर, खुल्ला  उपाध्यक्षमा विनोद आले मगर, महिला उपाध्यक्षमा आशा नामजाली मगर, भाषिक  उपाध्यक्षमा डेक पुन मगर, भाषिक  उपाध्यक्षमा चित्र रोका मगर, भाषिक  उपाध्यक्ष ललित बराल मगर र महासचिव प्रदीप घर्ती मगर चयन भएका छन् । त्यसैगरी, सचिवहरू देउकुमार थापा मगर, सागर घर्ती मगर, विनिता थापा मगर र सर्मिता गन्ध्रमा मगर चयन भएका छन् ।

अध्यक्ष थापामगरले मगर विद्यार्थीलाई एकताबद्ध गर्दै युग सुहाउँदो प्रविधि मैत्री संगठन निर्माण गर्नु नै आफ्नो प्रमुख कार्यभार रहेको बताए। उनले संगठनभित्र रहेको अराजकता अन्त्य गर्न कुनै कसर बाँकी नराख्ने र मगर विद्यार्थीलाई एकताबद्ध बनाउने आफ्नो अभियानलाई कार्यकालमा पूरा गर्ने बताए।

संघका केन्द्रीय सदस्यमा गणेश आले मगर, ललित मगर, सुदिक्षा मगर, उपेन्द्र बुढा मगर, सन्तोष राना मगर, एलेक्स मगर, अनिल राना मगर, अमर थापा मगर, भीमु बुढा मगर, सूर्य थापा मगर, टेकेन्द्र गर्वुजा मगर, कुमार सिंजाली मगर, चम्पा राना मगर, भुपेन्द्र थापा मगर, सुरेश थापा मगर, सिजन राना मगर, सन्दिप पुन मगर, अमृत राना मगर, थमन रास्कोटी मगर, पुष्पा श्रीस मगर, शिवानी थापा मगर, दीपक पुन मगर, मनिषा थापा मगर, आरजु थापा मगर, तारा पुन मगर र कमल घर्ती मगर चयन भएका छन्।

प्रकाशित : ३ जेष्ठ २०८२, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल