काठमाडौँ, जेठ १ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय सदस्य एवं सांसद् सुनिता बरालले राजनीतिक दलका नेता–कार्यकर्ताको जीवनशैलीका सन्दर्भमा कानुन निर्माणको माग गरेकी छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै सांसद् बरालले राजनीतिक व्यक्तिको जीवनशैलीका सन्दर्भमा कानुन निर्माणको माग गरेकी हुन्। ‘राजनीतिक व्यवस्था नै बदनाम हुने अवस्थाबाट जोगाउन पनि राजनीतिक व्यक्तिहरूको जीवनशैलीसम्बन्धी कानुन निर्माण…