Logo

राजनीति

संविधानसभा सदस्य एवं कांग्रेस केन्द्रीय सदस्य मुक्ताकुमारी यादव धनुषा २ बाट सिफारिस



जनकपुर, भदौ २१ गते । संविधान सभा सदस्य एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य मुक्ताकुमारी यादव धनुषा २ बाट प्रतिनिधि सभामा पार्टीका तर्फबाट उम्मेदवार सिफारिस भएकी छन्।

मंसिर ४ गतेका लागि तय भएको निर्वाचनमा केन्द्रीय सदस्य यादव धनुषा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएकी हुन्।

पञ्चायतकालको अन्त्यसँगै सुरु भएको नेत्री यादवको राजनीतिक जीवन लोकतन्त्र प्राप्तिपछि सशक्त रूपमा अघि बढ्यो। विसं २०५४ देखि सक्रिय राजनीतिमा रहेकी यादवको सक्रियता २०६२।६३ को जनआन्दोलनपछि अझै बढ्यो।

जनआन्दोलनको सुरुमा धनुषासहित तराई–मधेसका जिल्लामा जनलहर ल्याउने काममा खटिएको बताउँदै यादवले भनिन्, ‘आन्दोलन अघि बढ्दै जाँदा काठमाडौँ आएर अझ सशक्त रूपमा लाग्यौँ । त्यसैको प्रतिफल थियो– जनआन्दोलनको सफलता।’

शिक्षण पेसामा रहँदा नेत्री यादवले नेपाल शिक्षक सङ्घ धनुषा तथा नेपाल महिला सङ्घ धनुषा जिल्ला सचिवको जिम्मेवारीमा रहेर काम गरिन्। २०६२ सालमै महाधिवेशन प्रतिनिधि भएकी यादव नेपाल महिला सङ्घ केन्द्रीय सदस्य भइन् । राजनीतिक यात्राका दौरान काँग्रेसको १२औँ र १३औँ महाधिवेशनमा उनी झिनो मतान्तरले केन्द्रीय सदस्यमा पराजित भइन्।

पार्टीपङ्क्तिमा अझै विश्वास र भरोसा आर्जन गर्नुपर्छ भनेर झनै सक्रिय हुँदै गएको बताउँदै यादवले भनिन्, ‘देशका सातै प्रदेश, ७७ जिल्लाका कार्यकर्ताका समस्या सुनेँ । समाधानको कोसिस गरेँ । त्यसैले देशभरबाट १४औँ महाधिवेशनमा यो साथ पाएकी हुँ, आगामी निर्वाचनमा पनि त्यति साथ र सद्भाव पाउनु विश्वास लिएकी छु।’

२०७४ मा राष्ट्रिय सभा सदस्य निर्वाचित भएकी यादवले कयौँ चुनौतीको सामना गरेकी छन्। तर निडर भएर राजनीतिक यात्रा अघि बढाउने अठोट उनले व्यक्त गरिन्। उनी भन्छिन्, ‘मधेसबाट महिलाले राजनीति गर्न धेरै कठिन हुन्छ । क्षमतावान भए पनि मजस्तै साधारण परिवारबाट राजनीतिक यात्रा तय गर्न त झनै चुनौतीपूर्ण छ तर परिवारको साथ, पार्टी नेतृत्व र कार्यकर्ताको विश्वास भएमा अघि बढ्न असम्भव छैन ।’

काँग्रेसको १४औँ महाधिवेशनबाट सर्वाधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी भएपछि नेत्री यादवले मुलुकलाई विकास र समृद्धिले जोड्नुपर्ने बताइन् । उनले ‘राजनीतिमा सुधार, स्वदेशमै रोजगार’ नाराका साथ अघि बढ्ने बताइन् । मूल सफा भए मात्रै अन्य क्षेत्र सफा हुने भएकाले राजनीतिक सुधारका लागि दृढ भएर काम गर्ने उनको विश्वास छ । स्वदेशमै रोजगारीका सम्भावनाको खोजीका लागि बृहत् अवधारणा निर्माण गर्ने पक्षमा रहेकाे र यो अभियानमा सबैको साथ र सहयोग हुनेमा नेत्री यादव विश्वस्त छिन् ।

प्रकाशित : २१ भाद्र २०७९, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल