Logo

राजनीति

भण्डाफोर अभियानमा उत्रियो अनेरास्ववियु, जनदमन बन्द गर्न अध्यक्ष बरालको चेतावनी



काठमाडौं, असोज ३ गते । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले वर्तमान सरकारले जनतामाथि दमन, अत्याचार र शोषण गरेको भन्दै भण्डाफोर गर्ने निर्णय गरेको छ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले असोज १ र २ गते काठमाडौंमा सम्पन्न अनेरास्ववियुको तेस्रो निति तथा विधान महाधिवेशनले गरेका निर्णय सार्वजनिक गर्दै विश्वविद्यालयमा राज्य समर्थित गुण्डागर्दी भएकाले भण्डाफोर अभियान सञ्चालन गर्ने बताएकी हुन्।

त्यस्तै सार्वजनिक शिक्षाको गुणस्तर बढाउन दबाबमुलक, रचनात्मक आन्दोलन गर्ने र महङ्गी, कालाबजारी, भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने निर्णय पनि संगठनले गरेको छ।

उनले इन्धनको मूल्यलाई वैज्ञानिक तथा स्वचालित प्रणाली कायम गरी बस्तुबजार अनुगमन गर्न पनि महाधिवेशनले माग गरेको जानकारी दिइन्।

बरालले आागामी निर्वाचन धाँधलीरहित र निष्पक्ष रुपमा सम्पन्न गराउन पनि माग गरेको बताइन्। उनले संविधानको कार्यान्वयन गराउनका लागि र शिक्षालाई लगानी बढाउनका लािग पनि संघर्ष गर्ने बताइन्।

बरालले विश्वविद्यालयको पाठ्यक्रमलाई समयानूकल परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताइन्। महाधिवेशनले अध्यक्ष बरालको संयोजकत्वमा ११ हजार १ सय ५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी निर्माण पनि गरेको अनेरास्ववियुले जानकारी दिएको छ।

राष्ट्रपतिबाट राजीनामा गरेर एमाले अध्यक्ष बन्दैछिन् विद्यादेवी भण्डारी ? सुवास नेम्वाङको अन्तरवार्ता

प्रकाशित : ३ आश्विन २०७९, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल