काठमाडौँ, पुस २५ गते । नेपाली जनसम्पर्क समिति इजरायलले नेपाली कांग्रेसको विशेष महाधिवेशनप्रति पूर्ण समर्थनसहितको सहभागिता तथा ऐक्यवद्धता व्यक्त गरेको छ। नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एवं जनसम्पर्क समिति इजरायलकी कार्यवाहक सभापति अनिता खत्री (अनु थापा) ले वक्तव्य जारी गर्दै पार्टीभित्र विगतका केही निर्णय तथा अभ्यासले संगठन कमजोर बनाउँदै व्यक्तिवादी वा गुटकेन्द्रित प्रवृत्ति हावी भएको यथार्थलाई…