यातायात क्षेत्रमा नयाँ भाडादर निर्धारण नभएको दशक हुन लाग्यो। सरकारले अहिलेसम्म यस विषयमा कुनै तयारी गरेको छैन। पेट्रोलियम पदार्थको मूल्य बढ्दा भाडादर बढ्ने र मूल्य घट्दा सोहीअनुसार भाडादर परिमार्जन गरेर वैज्ञानिक भाडादर निर्धारण गर्नुपर्नेमा सरोकारवालाहरूको जोड छ। दक्षिणकाली मेट्रोबस सेवा प्रालिका व्यवस्थापक नरहरि बलामीसँग यातायात क्षेत्रका विभिन्न आयामहरूमाथि गरिएको कुराकानीः यातायात क्षेत्रमा कसरी सम्बद्ध हुनुभयो?…