Logo

अन्तरवार्ता

‘दक्षिणकाली–५ लाई नगरकै ‘उज्यालो नमूना वडा’ बनाउँछौं’



सामाजिक क्षेत्रमा काम गर्दागर्दै राजनीतिमा होमिएका दक्षिणकाली नगरको डल्लुमा जन्मिएका श्यामबहादुर खत्री दक्षिणकाली नगरपालिका वडा नम्बर–५ का अध्यक्ष हुन् । विगतमा प्रधानपञ्च समेत भएर गाउँको विकासमा लागेका वडाध्यक्ष खत्री यस क्षेत्रको विकास अभियन्ता समेत मानिन्छन् । नेपाली कांग्रेसको जिल्ला सदस्य समेत भएका खत्री जनप्रिय नेता हुन् । निडर, प्रष्टवक्ता खत्रीसँग गुरुप्रसाद खतिवडा कुमार ओझाले गरेको कुराकानीः

तपाईले ‘उज्यालो नमूना वडा’ बनाउने अभियान चलाउनु भएको छ, यो कस्तो अभियान हो ? वडाबासीसँगको समन्वय कस्तो छ ?

–दक्षिणकाली नगरपालिका वडा नम्बर–५ यस नगरको मुटु नै हो । यस वडामा पानीको मुलको रुपमा पर्याप्त भएको ठाउँ भए पनि यहाँका जनताले खानेपानीको समस्या झेल्नु परिरहेको थियो । हामी निर्वाचित भएर आएपछि नगरको विकासका लागि विकासको ठूलो हिस्सा खानेपानीमा लगानी ग¥यौं । अहिले हामीले खानेपानी जनताका घरघरमा पुर्‍याउन सफल भएका छौं । विकास गतिविधिलाई तीव्र रुपमा अगाडि बढाइरहेका छ । आउँदो माघ महिनासम्ममा वडाका प्रत्येक घरमा पानी पु¥याउने योजना बमोजिम काम भइरहेको छ । नगरपालिकाको मुटुमा रहेको वडा भएको हुनाले यस वडाका स्थानीय जनता, बुद्धिजीवी, सरोकारवाला निकायको सहयोगमा यस क्षेत्रको विकासमा हातेमालो गरेर काम गरिरहेका छौं ।

यस वडामा बैंक वित्तीय संस्था, कलेज, विद्यालय, सहकारीसंस्था, धार्मिक क्षेत्र लगायतका मठमन्दिर, गुम्बा भएकाले यो महत्त्वपूर्ण वडा हो । विगतमा कर्मचारीबाट सञ्चालन भएको नगरलाई निर्वाचित जनप्रतिनिधिको साझा प्रयासबाट विकास निर्माण गतिविधि सञ्चालन गर्न सक्षम भएका छौं । यहाँ मोटरबाटो, गोरेँटो, घोडेँटो बाटो, खानेपानी, विद्युत प्रशारण लाइन, व्यवस्थित बस्ती विकास र कृषि पर्यटन प्रवद्र्धन तथा धार्मिक पर्यटन क्षेत्रको विकासका लागि योजनागत रुपले कामहरु भइरहेको छ । मेरो वडालाई उज्यालो वडा बनाउने अभियान सञ्चालन गरेको छ । यस वडाका कुनै पनि नागरिक खान नपाए, लाउन नपाए, स्वास्थ्य उपचार नपाए वडा कार्यालयले तत्काल त्यसको व्यवस्थापन गर्नेछ । हामीले सार्वजनिक रुपमै आह्वान गरेर वडाको समृद्धिका लागि काम गरिरहेको अवस्था छ ।

‘उज्यालो वडा’ बनाउने अभियान कसरी शुरु गर्नु भयो ? योजना कसरी बनाउनु भयो ?

–उज्यालो अभियानको नमूना वडा बनाएको हो । अन्य वडाहरूले समेत यसको अनुशरण गरेर आफ्ना गतिविधि सञ्चालन गरिरहेको देखिन्छ । र, परिवर्तनको अनुभूति गराउन सफल भएका छौं । हाम्रो वडामा निर्वाचित जनप्रतिनिधि राजनीतिभन्दा माथि उठेर एकता, सद्भाव र साझेदारीको अवधारणा लिएर विकास निर्माणमा लाग्नु भएको छ । यसका लागि नगर प्रमुखको महत्त्वपूर्ण भूमिका रहेको छ । हामीले जनताको इच्छा र आकांक्षा अनुरुप कार्यक्रम भइरहेका छन् । सबै जनताको एकता, सरकारी निकायका प्रतिनिधि, राष्ट्रसेवक, सुरक्षा निकायका प्रमुखहरूसमेत हातेमालोमा दक्षिणकाली नगरलाई समृद्ध बनाउने अभियान चलाएका छौं ।

आर्थिक समृद्धिका लागि सहकारीको भूमिका महत्त्वपूर्ण हुन्छ, तपाईको वडामा सहकारी अभियान कसरी अघि बढिरहेको छ ?

–सहकारीहरूले समेत आफ्नो क्षेत्रबाट आर्थिक समृद्धिको काममा सहयोग गर्दै आउनु भएको छ । पछिल्लो समयको ऐनअनुसार सहकारी सदस्य कार्यक्षेत्र बाहिर हुन नपाउने कुरा छ, यसलाई अब व्यवस्थित गर्दै लैजानु पर्दछ । यहाँ भएको गोपालेश्वर सामुदायिक सहकारीले अत्यन्तै राम्रो काम गरिरहेको छ । सहकारीहरुले विकास र समृद्धिका लागि उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने हाम्रो चाहना हो । नगर क्षेत्रका सहकारीहरूसँग समन्वय गरी आगामी दिनमा यसका आधारहरु बन्ने र कार्य सञ्चालन गर्ने कुरामा हामी सचेत भएका छौं । सहकारीले उद्योग सञ्चालन गरोस्, रोजगार सिर्जना गरोस् भन्ने हाम्रो सल्लाह र सुझाव छ । सहकारीहरूले रोजगार सिर्जना गरेर युवा तथा महिलाहरूलाई स्थानीय रुपमै सक्षम बनाउनु पर्छ भन्ने हाम्रो अभिप्राय हो । अहिलेको नागरिकलाई कुराभन्दा काम गरेर देखाउनु पर्छ, तबमात्र विश्वास गर्ने वातावरण बन्छ । फिल्डमा काम गर्न सकेको खण्डमा जनविश्वास जित्न सकिन्छ । हामीले पारदर्शिता र सुशासनलाई महत्त्व दिएर काम गर्नु पर्दछ ।

दक्षिणकालीमा धार्मिक पर्यटनको सम्भावना पनि प्रबल छ । पर्यटन प्रवर्द्धन गर्ने योजना के छन् ?

–धार्मिक पर्यटन प्रवद्र्धनका लागि नगरले डीपीआर तयार गर्ने क्रममा छौं । पर्यटक आकर्षणको ठूलो क्षेत्र दक्षिणकाली भएकाले देश विदेशका पर्यटकलाई कसरी आकर्षण गर्न सकिन्छ भन्ने हाम्रो लक्ष हो । योजनागत रुपमा नीतिनिर्माण तहमा हाम्रा कार्यक्रमहरू सञ्चालन हुँदै जानेछन् । दक्षिणकाली भगवती, चम्पादेवी, भष्मासुर डाँडोको एकीकृत विकास गरी पर्यटकीय हबको रुपमा विकास गर्ने योजना तय गरिएको छ ।

कृषि क्षेत्रको विकासका लागि के–कस्ता छन् योजना ?

–कृषि उत्पादनका लागि अत्यन्तै महत्त्वपूर्ण क्षेत्र दक्षिणकालीलाई मान्न सकिन्छ । कृषि पर्यटनको नमूना बनाउनका लागि हामी आगामी कार्यक्रम तय गरिरहेका छौं । यस क्षेत्रमा भएका किसानहरूलाई प्रविधिको पहुँचसम्म पुर्‍याउन र सरकारले प्रदान गर्ने अनुदान लगायतका कार्यलाई व्यवस्थित गर्नुपर्छ भन्ने हाम्रो भनाई हो । यहाँ केही–केही अनुदानका कार्यक्रमहरू दुरुपयोग भएका छन्, तिनीहरूलाई समेत नियमन गरी कसरी व्यवस्थित गर्ने भन्ने विषयमा संवेदनशील छौं । राज्यले दिने अनुदान तथा सहयोग रकम वास्तविक किसानका हातमा पुग्नु पर्दछ ।

आर्थिक समृद्धिको मुख्य आधार नै कृषि हो । किसानको जीवनस्तर उकास्न सकेमा मात्र समृद्धिको यात्रा तय गर्न सकिन्छ । गल्ती गर्नेलाई सजाय र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने परिपाटीको विकास गरेर जान सकेमा हामीले चाहना गरेको नगरलाई व्यवस्थित गर्न सक्छौं । हामीसँग पर्याप्त कृषियोग्य जमीन भएकाले कुलो सिँचाईलाई व्यवस्थित गर्ने अभियानमा नगर लागेको छ । तरकारी, फलपूmल लगायत कृषि उत्पादनमा आत्मनिर्भर नगर बनाउन स्थानीय निकाय, सरोकारवालाहरू, नागरिक समाजको साझा अभियान भएमा कृषि पर्यटन प्रवद्र्धनमा सफल हुनेछौं ।

शिक्षा र स्वास्थ्यको क्षेत्रमा वडा र नगरले गरेका प्रयासहरू के–कस्ता छन् ?

–यस वडामा सरकारी विद्यालय दुई र प्राइभेट विद्यालय पाँचवटा छन् । हामीले सरकारी विद्यालयका बालबालिकाहरूका लागि खाजा र पोषाकको व्यवस्था मिलाएका छौं । बालबालिकाको भविष्यका लागि चिन्तित भएका छौं । प्राइभेट स्कूलको पठनपाठनलाई समेत व्यवस्थित गर्नुपर्छ भनेर अनुगमन गर्ने सल्लाह सुझाव दिने काम गरेका छौं । यस क्षेत्रमा कोही पनि बालबालिका सडकमा भेटिने अवस्था छैन । सबैलाई शिक्षाको पहुँचसम्म पु¥याउने काम गरेका छौं ।

फर्पिङमा केही बालगृह समेत सञ्चालनमा छन्, तीनको व्यवस्थापनमा समेत ध्यान दिइएको छ । यस क्षेत्रमा रहेका गुम्बाभित्र समेत आफ्नै भाषाको पठनपाठनको व्यवस्था भएको छ । अर्कोतिर स्वास्थ्यको कुरामा हामी अझ संवेदनशील भएका छौं । पछिल्लो समय महामारीको रुपमा फैलिएको कोभिड–१९ को प्रकोपले यस क्षेत्रलाई पनि सताएको छ । यसको रोकथामका लागि सचेतना अभियान चलाएका छौं । सुरक्षित रहन सबै नगरबासीलाई आह्वान गरिएको छ । कोही कसैलाई समस्या परेमा तत्काल वडा कार्यालय तथा नगरपालिका र जनप्रतिनिधिहरूलाई जानकारी गराउन नगरबासीलाई आग्रह गरिएको छ । कँहीकतै यस किसिमको समस्या आएमा हामी तत्काल उद्दार गरेर उपचारको प्रबन्ध मिलाउन तयार रहन्छौं ।

प्रकाशित : २३ कार्तिक २०७७, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल