झापा, २९ वैशाख – विल्सनविक्रम राईलाई स्टार कलाकार हुन्। नेपाली सिनेजगतदेखि भारतीय फिल्म उद्योगसम्म छाएका विल्सनविक्रम नयाँ–नयाँ रुपमा देखिन्छन्। केही दिनअघि विल्सनविक्रम फेरि नयाँ भूमिकामा देखिए। झापाको दमकमा जारी गोल्डकप फुटबलमा कलाकार विल्सनविक्रम सशस्त्र प्रहरी बलकोे एपिएफ क्लबबाट ८ नम्बर जर्सी लगाएर मैदानमा उत्रिए। त्यसैगरी अर्का स्टार अनमोल केसी एपिएफ क्लबकै ११ नम्बरको जर्सीमा मैदान उत्रिए।…