Logo

मनोरञ्जन

दी भोइस अफ नेपालः अब आवाज नै बन्ने छ पहिचान



काठमाडौं, चैत २९ – अब आवाज नै बन्ने छ पहिचान भन्ने मुख्य नाराका साथ विश्वको ख्याती प्राप्त गायन प्रतियोगिता ‘दी भोइस अफ नेपाल’ प्रसारणको तयारी चलिरहेको छ।

सांगीतिक क्षेत्रमा लाग्न चाहने युवाहरूलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने उद्देश्यले भित्र्याइएको फ्रेन्चाइज रियालिटी शो ‘दी भोइस अफ नेपाल’को तयारी तीब्र रूपमै भइरहेको निर्माण पक्षले जनाएको छ।

नेदरल्याण्डको टाल्पा कम्पनीसँगको समन्वयमा ‘दी भोइस अफ नेपाल’ ल्याइएको हो। विश्वभरिका १ सय ९२ मुलुकमा सफलतापूर्वक सम्पन्न भइसकेको फ्रेञ्चाइज रियालिटी शो ‘दी भोइस अफ नेपाल’ तयारी भव्यरूपमा चलिरहेको प्रबन्ध निर्देशक प्रल्हादसिंह महत जानकारी दिएका हुन्।

को–को छन् टिममा?

‘दी भोइस अफ नेपाल’का नेपालका कोचहरूमा वरिष्ठ गायक दीप श्रेष्ठ, अभया सुब्बा, प्रमोद खरेल र सोनुप पौडेल रहेका छन्। ‘अनुभवी टिम र जापानमा पनि यसको ब्राञ्च रहेकाले टाल्पाले हामीलाई विश्वास गरेको हो,’ महतले भने, ’नेपालका चर्चित टेलिभिजनको प्रयास विफल भएपनि टाल्पाले हामीलार्इ विश्वास गरेका कारण दी भोइस अफ नेपाल सम्भव भएको हो।’

टिममा प्रबन्ध निर्देशक महतसँगै निर्देशकको जिम्मेवारी लक्ष्मण पौडेलले बहन गरिरहेका छन्। सुशील नेपाल कार्यकारी निर्देशक तथा प्रस्तोता र फिरोज तिम्सिना प्रमुख सहायक निर्देशक तथा अाइटी प्रमुख रहेका छन्।

नेपालमा हुन लागेको यो सिरिजका लागि टाल्पाले विश्वभरिका ५० वटा भन्दा धेरै मुलुकमा दी भोइसका सिरिज गराइसकेका फ्य्रान्क क्यास्टिनलार्इ नेपाल पठाउँदै छ। प्रबन्ध निर्देशक प्रल्हादसिंह महतका अनुसार क्यास्टिनले नै दी भोइस अफ नेपालको सम्पूर्ण संरचनागत प्रारुप तयार गर्ने छन्।

सुपरिवेक्षणका लागि आउने फ्य्रान्क को हुन्?

टाल्पा कम्पनीले सुपरिवेक्षणका लागि प्रतिनिधि पठाउन गरेको छ। आफ्नो स्थापित मान्यतालाई जस्ताको तस्तै लागू गराउने उद्देश्यका साथ टाल्पाले सुपरिवेक्षणकर्ता पठाउने गरेको हो।

नेपालमा हुन लागेको यो सिरिजका लागि टाल्पाले विश्वभरिका ५० वटा भन्दा धेरै मुलुकमा दी भोइसका सिरिज गराइसकेका फ्य्रान्क क्यास्टिनलार्इ नेपाल पठाउँदै छ। प्रबन्ध निर्देशक प्रल्हादसिंह महतका अनुसार क्यास्टिनले नै दी भोइस अफ नेपालको सम्पूर्ण संरचनागत प्रारुप तयार गर्ने छन्।

कहिलेबाट प्रसारण हुँदैछ?

नेपाली दर्शकका लागि नवीनतम अनुभूति दिने सिंगिङ रियालिटी–शो दी भोइस अफ नेपालको प्रसारण साउन महिनाको पहिलो साताबाट गर्ने तयारी भइरहेको छ।

जसका लागि काठमाडौंको धुम्रबराही–४ प्रगतिमार्गमा स्टुडियोका लागि भवन (ट्रस) निर्माण भइरहेको छ। दी भोइस अफ नेपाल कान्तिपुर एचडी टेलिभिजनबाट प्रसारण गरिने पनि महतले जनाएका छन्।

‘अन्तराष्ट्रियस्तरको प्रोडक्सन हाउस तथा लाइटहरु पनि उच्चस्तरीय रहने छ, विशेषज्ञकै सुझाव अनुसार क्यामेरा लिनका लागि म आफैँ जापान जाँदै छु,’ प्रबन्ध निर्देशक महतले भने, ‘त्यसैले नेपालमा अहिलेसम्म भएकामध्ये सबैभन्दा भव्य र उत्कृष्ट रियालिटी–शो हुने छ।’

जेठबाटै प्रसारणको तयारी गरिएपछि विश्वकप फुटबल प्रतियोगिताका कारण साउनबाट मात्रै औपचारिक रुपमा प्रसारण प्रारम्भ गरिने महतले जनाएका छन्।

अडिसन धमाधम

दी भोइस अफ नेपालका लागि अडिसन भव्य रुपमा चलिरहेको जानकारी प्रबन्ध निर्देशक महतले दिएका छन्। दी भोइस अफ नेपालको एप ६ हजार जनाले डाउनलोड गरेको र करिब ४ हजार जनाले गीत पठाइसकेको उनले बताएका छन्।

प्रारम्भिक चरणमा साइलेन्ट अडिसन हुने छ। जसमा कसले गीत राम्रो गाउन सक्छ भन्ने छनौट गरिन्छ। ‘र, जेठ पहिलो साताबाट सुटिङ शुरु हुने छ, ३० श्रृंखलासम्ममा दी भोइस अफ नेपाल चल्ने छ,’ महतले भने।

प्रकाशित : २९ चैत्र २०७४, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल