काठमाडौँ – संसारभरिका युवा, सफल उद्यमी र उद्यमशीलताका विज्ञ एकै ठाउँमा उपस्थित भए के होला? कहिल्यै सोच्नुभएको छ? परिवर्तन सम्भव हुन्थ्योभन्दा अत्युक्ति नहोला। हो, त्यस्तै परिवर्तनको वातावरण गत हप्ता ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पले मलेशियाको क्वालालाम्पुरमा बनायो। १७ देखि २० डिसेम्बरमा आयोजना भएको ग्लोबल आन्टरप्रनारशिप बूटक्याम्पको चौंथो संस्करणले संसारभरिका ४० भन्दा बढी देशबाट १५० युवा र दर्जन…