काठमाडौं, जेठ १३ गते । नेकपा एमाले आबद्ध विद्यार्थी संगठन अनेरास्ववियुले पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्याउन माग गरेको छ । अध्यक्ष सुनिता बरालले वक्तव्यमार्फत शैक्षिकसत्र सुरु भएको लामो समय बितिसक्दा पनि विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध नगराएकोप्रति ध्यानाकर्षण भएको बताएकी हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रको लापरवाहीको कारणले हरेक वर्ष शैक्षिक सत्र सुरु हुनुभन्दा अघि नै विद्यालयहरूमा पुगिसक्नुपर्ने भए पनि पाठ्यपुस्तक नयाँ शैक्षिक सत्रको सुरु भइसकेको हप्तौं बितिसक्दा पनि विद्यार्थीहरूको हातमा नयाँ पाठ्यपुस्तक पुग्न नसकेको उनले बताएकी छन् ।
‘जनक शिक्षा सामग्री केन्द्रले रुस र युक्रेन युद्धको कारण देखाउँदै लाखौं विद्यार्थीहरूको भविश्यमाथि खेलवाड गरी समयमै पाठ्यपुस्तक छाप्न सकिएन भनेर गैरजिम्मेवार जवाफ दिएर आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको कार्यप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ,’ बरालले भनेकी छन् ।
न हाँसको चाल न बकुल्लाको चाल भनेझैं सरकारको अवस्था हेर्दा यस वर्ष शैक्षिक सत्र सकिँदासम्म पनि पाठ्यपुस्तक नपाउने अवस्था रहने अवस्था सिर्जना भएको उनको तर्क छ ।
‘जनक शिक्षा सामग्री केन्द्रले हरेक वर्ष यसरी नै लाखौं विद्यार्थीहरूमाथि अन्याय गर्दै आइरहेको छ । र, आफ्नो कमजोरी लुकाउन सधैंझैँ बहानाबाजी गरिरहेको छ,’ उनले भनेकी छन् ।
अध्यक्ष बरालले जनक शिक्षा सामग्री केन्द्र भित्रको बेथिति, ढिलासुस्तीको अन्त्य गरी केन्द्रको क्षमता वृद्धि गर्दै यसलाई व्यवस्थित गरी विद्यार्थीहरूको हातमा तुरुन्तै पाठ्यपुस्तक पुर्याउन शिक्षा मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्र समक्ष माग गरेकी छन् ।
अधिवक्ता नेपाल भन्छन्, ‘मनोज पाण्डेसँगै माल्भिका सुब्बामाथि पनि अनुसन्धान हुनसक्छ’ (भिडियो अन्तरवार्ता)







प्रतिक्रिया