Logo

आर्थिक

धनकुटामा नक्कली नोट भेटियो



धनकुटा, वैशाख १७ गते। धनकुटामा एक हजारको नक्कली नोट फेला परेको छ । धनकुटास्थित एक पसलबाट एक हजारको एउटा नक्कली नोट फेला परेको हो ।
धनकुटा नगरपालिका वडा नं. ७ स्थित परिचय मोडमा रहेको युवक तिम्सिनाले सञ्चालन गरेको ग्लो एण्ड गो कस्मेटिक पसलमा एक हजार दरको १ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।

तिम्सिनाले नक्कली नोट फेला परेको भनी प्रहरी कार्यालयमा खबर गरेपछि प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालको कमाण्डमा प्रहरी टोली खटी गई बुझ्दा ६५र८००९८७ नम्बरको नक्कली नोट फेला परेको दाहालले बताए । सो नक्कली नोट बरामद गरी सो सम्बन्धमा थप अनुसान्धान भइरहेको प्रहरी जनाएको छ ।
धनकुटा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले धनकुटामा कहाँबाट नक्कली नोट आयो भन्ने बारेमा अनुसन्धान गरिने बताए । उनले भने, ‘नक्कली नोट कहाँबाट आयो यो विषयमा सुक्ष्मरुपमा अध्ययन र छानबिन हुनेछ ।’

धनकुटामा यसअघि पनि नक्कली रुपैयाँ भेटिएको थियो । निर्वाचनको बेला धनकुटामा नक्कली नोट भेटिएसँगै यहाँका बजारमा समेत यस्ता खाले नोट हुनसक्ने भन्दै स्थानीयबासिन्दा चिन्तित बनेका छन् ।

प्रकाशित : १७ बैशाख २०७९, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल