Logo

पत्र-पत्रिका

म्यानचेस्टर युनाइटेड र वाटफोर्ड भिड्दै, ३५ पटक आमनेसामने हुँदा को बलियो ?



एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले र वाटफोर्डको सामना गर्दैछ। खेल नेपाली समयअनुसार शनिबार बेलुका ८ः४५ बजे शुरु हुनेछ।

हाल युनाइटेड ११ खेलबाट २० अंक जोड्दै तालिकाको छैटौँ स्थानमा छ। वाटफोर्ड रेलिगेशन जोनभन्दा एकस्थान माथि रहेको छ। उसले समान खेलबाट १० अंक जोडेको छ।

हाल प्रिमियर लिगको शीर्षस्थानमा चेल्सी रहेको छ। चेल्सीले समान खेलबाट २६ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २३ अंक छ। वेस्ट ह्याम पनि समान २३ अंकका साथ तेस्रो स्थानमा छ।

युनाइटेड र वाटफोर्डबीच हालसम्म ३५ खेलमा प्रतिस्पर्धा भएको छ। तीमध्ये २४ खेलमा युनाइटेड विजयी भएको छ। ५ खेल बराबरीमा सकिएको छ भने ६ खेल वाटफोर्डले जितेको छ।

लिग शुरु हुँदा उपाधि दाबेदार मानिएको युनाइटेड केही कमजोर देखिएको छ। लिगमा अब हुने खेलहरु उसका लागि निकै महत्त्वपूर्ण हुनेछन्।

प्रकाशित : २६ भाद्र २०८३, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल