Logo

विश्व

कुवेतले माग्यो ठूलो संख्यामा नेपाली स्वास्थ्यकर्मी, न्यूनतम तलब १ लाख २५ हजार



काठमाण्डौ :कुवेतको स्वास्थ्य मन्त्रालयले ७२९ नेपाली स्वास्थ्यकर्मीको माग गरेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयमा काम गर्न बिएस्सी नर्सिङ, स्टाफ नर्स, एचए, डेन्टल टेक्निसियन, डेन्टल हाइजिनिस्ट र डेन्टल एक्सरेमा काम गर्न स्वास्थ्यकर्मी माग भएको हो ।

कुवेत सरकारले बिएस्सी नर्सिङ र स्टाफ नर्समा महिला मात्र माग गरेको छ। बिएस्सी नर्सिङको लागि न्यूनतम तलब १ लाख २५ हजार रुपैयाँ तोकेको छ ।
स्टाफ नर्सको लागि १ लाख १० हजार तलब तोकेको छ। त्यस्तै, बाँकी रहेका एचए, डेन्टल टेक्निसियन, डेन्टल हाइजिनिस्ट र डेन्टल एक्सरेमा काम गर्न महिला पुरुष दुबैले आवेदन गर्न सक्छन् । ती पदका लागि पनि मासिक १ लाख १० हजार तलब तोकिएको छ ।

सिटिइभिटी वा अन्य कुनै कलेज युनिभर्सिटीबाट ३ वर्षको कोर्ष पूरा गरी सम्बन्धित काममा कम्तिमा ३ वर्षको अनुभव भएको हुनुपर्छ ।

नेपालको ओमेगा इन्टरनेसनलले उक्त जनशक्ति व्यवस्थापनको जिम्मा लिएको छ । सिएमए, अनमी लगायत अन्य ३ वर्ष भन्दा कम करिकुलम सर्टिफिकेट भएका हकमा ओमेगा इन्टरनेसनलले नै छनौट गर्ने जनाएको छ ।

प्रकाशित : १ मंसिर २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल