Logo

प्रदेश-१

‘प्रेम सम्बन्ध’कै कारण समाप्त भयो सेजलको जीवन, माया गरेकै मान्छेले यस्तो गरेपछि…



झापा, २ असार – धेरै सपनाहरू बोकेर उनी पढ्नका लागि दमक आएकी थिइन्। त्यही लक्ष्यलाई पूरा गर्न उनी अध्ययनमा निरन्तर लागिरहेकी थिइन्।

तर, जीवन एकै लयमा हिँड्ने रहेनछ। अन्ततः ‘प्रेम सम्बन्ध’कै कारण उनी संसारबाट बिदा भएकी छिन्।

हो, झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको जीवन ‘प्रेमी’बाटै समाप्त भएको हो।

उनको बला’त्कारपछि ह’त्या भएको आशंकामा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। सेजलका परिवारको तर्फबाट किटानी जाहेरी र मृ’तकको परीक्षण रिपोर्ट आएपछि प्रहरीले एक युवकलाई प’क्राउ गरेको हो।

घटनामा संलग्न भएको आशंकामा भोजपुर जिल्ला घर भई हाल दमकमा बस्दै आएका अरुण राईलाई मंगलवार नियन्त्रणमा लिइएको दमक प्रहरीले जानकारी दिएको हो।

अरुण र सेजलबीच प्रेम सम्बन्ध रहेको प्रहरी श्रोतले बताएको छ। इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले आरो’पितलाई म्याद थपका लागि बुधवार जिल्ला अदालतमा पेश गरिएको जानकारी दिएका छ।

सेजल दमक–५ स्थित एक घरमा डेरा गरी बस्दै आएकी थिइन्। उनी प्रतिष्ठानको रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत थिइन्।

इलाम देउमाई नगरपालिका–४ मंगलबारेकी सेजल आफ्नै शौचालयको कमोडमा गत जेठ २७ गते बिहीबार साँझ बेहोस अवस्थामा भेटिएकी थिइन्। सेजलका साथीहरूले उनलाई उपचारका लागि लाइफलाइन अस्पतालमा ल्याएका थिए। अस्पताल पु¥याउने बित्तिकै सेजलको मृ’त्यु भएको थियो।

सेजलको बला’त्कारपछि हत्या भएको दावीका साथ जाहेरी परेको हो।

बला’त्कारपछि ह’त्या पुष्टि भएमा मुलुकी अपरा’धसंहिता २०७४ मा व्यवस्था भए अनुरुप बला’त्कारमा १० वर्ष र ह’त्यामा २५ वर्षसम्म जेल सजाय हुने कानूनी व्यवस्था रहेको छ।

सेजलका बुवा सरोज कोइरालाले प्रहरी अनुसन्धान र पोस्टमा’र्टम रिपोर्टले बला’त्कारपछि ह’त्या भएको देखाएकाले जाहेरी दिएको बताएका छन्।

कानूनअनुसार कारबाहीको माग कोइरालाले गरेका छन्। कोइरालाले ह’त्या पश्चात अभियुक्तले कोठामा चाबी लगाएर बाहिर निस्केको र फेरि कोठामा गएर आफैले हस्पिटल लगेको प्रहरीको अनुसन्धानबाट देखिएको बताएका छन्।

सेजलको मृ’त्युबारे प्रहरीले आफ्नो भनाई सार्वजनिक गरिसकेको छैन। घटना रहस्यमय भएकाले अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : २ असार २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल