Logo

धर्म

पशुपतिमा १९औँ नवरात्री महोत्सव तथा देवी भागवत प्रवचनको भव्य उल्लास (फोटो फिचर)



काठमाडौं, कात्तिक १२ गते । हिन्दू धर्मावलम्बीको महान् पर्व बडा दशैँ, तिहार एवं छठ पर्वका अवसरमा काठमाडौँस्थित पशुपतिनाथ मन्दिर परिसर, वनकालीमा १९ औँ नवरात्री महोत्सव तथा देवी भागवत प्रवचन–२०८३ सम्पन्न भएको छ। श्री माँ भवानी दुर्गा पूजा तथा हिन्दू संस्कृति परिषद्को आयोजनामा विगतका वर्षहरूझैँ १९ औँ वर्षमा पनि भव्य महोत्सव आयोजना गरिएको हो।

परिषद्का संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक रामशोभित नायकले असोज २५ गते विशाल कलश यात्रा गरी आरम्भ भएको महोत्सवमा धार्मिक पूजापाठ, महाआरती र विभिन्न धार्मिक–सांस्कृतिक कार्यक्रम गरिएका जानकारी दिएका छन्। नायकका अनुसार पाँचौँ ऐतिहासिक स्मारिका विमोचन पनि गरिएको छ।

‘दुर्गा पूजालाई सांस्कृतिक पर्वका रूपमा स्थापित गर्नुपर्छ’

पशुपति क्षेत्र विकास कोषका सदस्य एवं श्री माँ दुर्गा भवानी पूजा तथा संस्कृति परिषद्का प्रमुख संरक्षक रामशोभित नायकले दुर्गा पूजालाई नियमित पूजा कार्यक्रममा मात्र सीमित नराखी पशुपति क्षेत्रको एक महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन्। नायकले विगत १९ वर्षदेखि पशुपति क्षेत्रमा सञ्चालन हुँदै आएको यो यात्रा आस्था, विश्वास र सामूहिक प्रयासको प्रतीक भएको बताए।

संस्थापक, अग्रज, पदाधिकारी, दाता तथा स्वयंसेवकको योगदानको प्रशंसा गर्दै संस्थापक अध्यक्ष नायकले विगतका सफलतामा मात्र सीमित नरही आगामी दिनमा यस अभियानलाई अझ व्यवस्थित, मर्यादित र पारदर्शी ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए। नायकले परिषद्को उद्देश्य केवल धार्मिक पूजाआजामा मात्र सीमित नरहेको स्पष्ट पार्दै सामाजिक उत्तरदायित्व र सेवामूलक कार्य गरिरहेको बताए। नायकले धर्मले सेवा, करुणा, सद्भाव र परोपकारको मार्गसमेत सिकाउने उल्लेख गर्दै परिषद्ले स्वास्थ्य, शिक्षा र सामाजिक हितका क्षेत्रमा समेत काम गर्ने लक्ष्य राखेको बताए।

संस्थापक अध्यक्ष नायकले भविष्यमा एम्बुलेन्स सेवा सञ्चालन, संस्कृत शिक्षाको विस्तार, जेष्ठ नागरिक तथा असहाय वर्गलाई सहयोग, र वातावरण संरक्षण जस्ता सामाजिक उत्तरदायित्वका कार्यहरूलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।

भावी पुस्तालाई संस्कृति हस्तान्तरण

नायकले अहिलेको पुस्ताले धर्म र संस्कृतिको महत्व नबुझेमा भविष्यको पुस्तालाई यसलाई जीवन्त राख्न कठिन हुने बताउँदै बालबालिका तथा युवाको सहभागिता बढाउनुपर्नेमा जोड दिए। नायकले परम्परा हस्तान्तरण गर्नु भनेको केवल विधि सिकाउनु नभइ त्यसको सामाजिक मूल्य र मर्म बुझाउनु हो भन्ने धारणा राखेका छन्।

प्रकाशित : १३ कार्तिक २०८३, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल