काठमाडौँ, कात्तिक ९ गते । नेपाल प्रिमियर लिग एनपिएलमा उपाधि रक्षा अभियानमा रहेको लुम्बिनी लायन्सले सोमबार पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हराएर शानदार सुरुवात गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १७ दशमलव २ ओभरमै ८७ रनमा अलआउट भयो।
गत वर्ष लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई फाइनलमा निराश पारेर च्याम्पियन बनेको थियो। लुम्बिनीले ९ दशमलव ५ ओभरमै ८८ रन बनाएर सजिलै लक्ष्य प्राप्त गर्यो। गत संस्करणको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई पाँच बलअघि नै ८५ रनमै सीमित पारेको थियो।

तेज बलर किशोर महतो र लेग स्पीनर शेर मल्लले मिलेर सात विकेट लिएपछि लुम्बिनीको पालि धराशायी भएको हो। चौथो ओभरको पहिलो बलमा विनोद भण्डारीलाई नौ रनमा एलबीडब्ल्यूको धरापमा पारेर मल्ल एनपिएल ३ मा विकेट लिने पहिलो बलर बने।
त्यसपछि किशोरले दसशीर्ष क्रमलाई ध्वस्त पारेपछि सुदूरपश्चिमले कुनै पनि समय राम्रो साझेदारी बनाउन सकेन। किशोरले पाँचौँ ओभरमा आरिफ शेख र नेदरल्यान्ड्सका ब्रेन्डन म्याकमुलेनलाई आउट गरेपछि सुदूरपश्चिम दबाबमा परेको हो। आरिफ छ बलको सामना गरेर शून्यमा आउट भए। दुई बलपछि किशोरले म्याकमुलनलाई दुई रनमा बोल्ड गरे।

दोस्रो स्पेलमा बलिङ गर्न फर्किएपछि पनि किशोरले एकै ओभरमा दुई ब्याट्सम्यनलाई पभेलियन फर्काए। किशोरले १३ औँ ओभरमा कप्तान दीपेन्द्रसिंह ऐरी र हमेन्त धामीलाई लगातार बलमा बोल्ड आउट गरे। अविनाश बोहराले किशोरलाई ह्याट्रिकबाट रोके। दीपेन्द्रले आउट हुनुअघि सुदुरपश्चिमका लागि सर्वाधिक २७ रन बनाए। उनको २३ बलको पालिमा दुई चौका सामेल थियो। अनिल खरेल २६ बलमा १५ रन बनाएर अविजित रहे। सुदूरपश्चिमको पालिमा एक छक्का पनि प्रहार भएन।
लुम्बिनीका जवाफमा अस्ट्रेलियाली ब्याट्सम्यान डार्सी सर्टले पहिलो बलमै छक्का प्रहार गरे। सर्टले १८ बलमै चार चौका र तीन छक्कासहित ४० रन बनाएपछि लुम्बिनीको जित थप सहज बन्यो। त्यसपछि जनकपुर बोल्ट्सबाट लुम्बिनी पुगेका आसिफ शेख २५ बलमा ३२ रन बनाएर आउट भए।

उनले दुई चौका र दुई छक्का प्रहार गरे। श्रीलङ्काली विकेटकिपर ब्याट्सम्यान निरोसन डिकवेला सात रनमा दीपेन्द्रको बलिङमा बोल्ड भएपछि लुम्बिनीले तेस्रो विकेट गुमायो। त्यसपछ समि हुसेनले अविजित एक र रोहितले पाँच रन बनाएर लुम्बिनीलाई जित दिलाए। मङगलबार दुई खेल हुनेछन्। पहिलो खेलमा विराटनगर किङसले चितवन राइनोज तथा दोस्रो खेलमा जनकपुर बोल्ट्ले कर्णाली याक्सको साना गर्नेछ।











प्रतिक्रिया