नेपाली कांग्रेसको १५ औँ महाधिवेशन काठमाडौंमा जारी छ । दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिले महाधिवेशन गरिरहँदा पूर्व सभापति शेरबहादुर देउवा समूहले पनि अधिवेशन गरिरहेको छ । तर देउवा समूहका सबैजसो नेता–कार्यकर्ता १५ औँ महाधिवेशनमा जुटेपछि कांग्रेस एकतावद्ध भएको सन्देश गएको छ । पूर्वमन्त्री एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री, कांग्रेस सहमहामन्त्री पदका उम्मेदवार जीवनबहादुर शाहीले १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा बुझ्नुपर्ने बताएका छन् । कांग्रेसका प्रभावशाली नेता शाहीसँग गरिएको अन्तरवार्ता प्रस्तुत छः
–काठमाडौंमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमै उम्मेदवारी किन दिनुभएको हो ?
–यो १५औँ महाधिवेशनमा मैले सहमहामन्त्री, पिछडिएको क्षेत्रमा दिनुको मुख्य कारण के हो भने १४औँ महाधिवेशनमा पनि म यही पदमा मेरो उम्मेदवारी थियो। त्यतिबेला म पराजय भएँ। र अहिले पिछडिएको क्षेत्रको सहमहामन्त्रीको कोटा बनायौँ, हामीले धेरै संघर्ष गरेर। त्यो बेला तत्कालीन सभापति शेरबहादुर देउवा हुनुहुन्थ्यो। र यो क्लस्टर सबैले मानेका थिएनन्। र मेरै पहलमा कर्णालीको पिछडिएको क्षेत्रलाई समेटिएको हो। त्यो बेला महामन्त्री गगन थापा हुनुहुन्थ्यो, उहाँलाई पनि मैले धेरै अनुरोध गरिसकेपछि उहाँले पनि धेरै सपोर्ट गर्नुभएर कर्णाली, यो पिछडिएको क्लस्टर कायम भएको हो। जस्तै मैले भनेँ नि, मसँगै मन्त्री भएको मान्छे म प्रदेशमा गएँ, किनभने हामीले संघीयतामा जाने भनिसकेपछि प्रदेशमा गएर काम गरेँ। मेरो आफ्नो क्षेत्रको सहमहामन्त्री भए त्यो क्षेत्रको लागि अगाडि बढाउनका लागि, क्षेत्रका विकास गर्नका लागि, क्षेत्रका नीति–नियम पार्टीभित्र चाहिँ बहस गर्न सहज हुन्छ। मेरो उम्मेदवारी त्यो क्षेत्रका लागि अपरिहार्य हो भन्ने दृष्टिकोणले मैले कर्णालीको, साविकको कर्णालीका ५ वटा जिल्ला, भेरीको एउटा जिल्ला जाजरकोट ६ वटा जिल्ला र सुदूरका ३ वटा जिल्ला, ९ वटा जिल्ला, जो पिछडिएको भनेर अरू क्लस्टर जस्तै भएको हुनाले त्यसको लागि नेतृत्व गर्ने आवश्यकता हुन्छ। त्यो हिजो हामीले सुरुवात पनि गरेका हौँ। र सुरुवात गरिसकेपछि त्यसमा कार्यान्वयनको लागि पनि लाग्नुपर्छ भन्ने दृष्टिकोणले मैले चाहिँ त्यसमा मेरो उम्मेदवारी दिएको हो।
–संघीय मन्त्री, कर्णालीको मुख्यमन्त्री पनि भइसक्नुभएको नेतालाई फेरि के सहमहामन्त्री चाहियो भनेर आलोचकले भन्ने गरेका छन्, के भन्नु हुन्छ?
–उहाँहरूले भन्ने कुरा स्वाभाविक कुरा हो। जस्तै, मन्त्री, सङ्घीय मन्त्री भइसकेको मान्छे, मुख्यमन्त्री भइसकेको मान्छे, त्यसलाई किन सहमहामन्त्रीको पार्टीको पोस्ट भनेर प्रश्न उठाएको हुनुपर्छ। जस्तै कुनै साथीहरूले के भन्न सक्छन् भने उहाँ मन्त्री भइसकेपछि फेरि अरूलाई मौका दिएको भए हुन्थ्यो। यो त पार्टीभित्रको पोलिसी हो। पार्टी र जनप्रतिनिधि दुईटा फरक कुराहरू हुन्। जनप्रतिनिधि हुनका लागि पार्टीको टिकट होला, तर जनताको मतबाट जित्नुपर्ने हुन्छ। पार्टीको प्रतिनिधि भनेको पार्टीका भित्रका साथीहरूको, किनभने मल्टिपार्टी डेमोक्रेसीमा पार्टी चाहियो। त्यसमा पार्टीले बनाएको पोलिसी अनुसार गभर्मेन्ट चल्ने हो नि! त्यसैले अब साथीहरूले भन्नको लागि त मैले मुख छेक्ने कुरो त भएन। त्यसो हो भने त हामीले हाम्रो अहिले पार्टी सभापतिलाई पनि हिजो मन्त्री भइसक्नुभएको, अरू किन सभापति चाहियो भने भइगो त! यो अलिकति तर्कपूर्ण भएन कि! र अर्को कुरा के छ भने मान्छेले पालो पाउनुपर्छ भन्ने कुरा पनि आउँदो रहेछ। ठिक छ, पालो हुन्छ। केही भर्खर आएको मान्छेले केन्द्रीय सदस्य हुने होला, त्यसपछि त्योभन्दा माथिको पदमा। हामी त २०औँ, अहिले ५० वर्षको राजनीति भयो, २० वर्ष त केन्द्रीय सदस्य नै भइयो। अब हामीले विस्तारै छोड्दै पनि जाने हो, सिकाउँदै पनि जाने हो। तर त्यो जोसले मात्रै त हरेक कुरा हुँदैन। राजनीतिक सिप चाहिन्छ। त्यसैले उहाँहरूले गर्ने त्यो राइट हो, त्यसैले त डेमोक्रेसी भनिन्छ। तर पार्टीभित्रको, अझ वास्तवमा भन्ने हो भने, अहिलेको यो भिन्न परिस्थिति भएको हुनाले हो, नत्र चाहिँ महामन्त्री लड्नुपर्ने हो, सभापति नै लड्नुपर्ने हो। कयौँ साथीहरूले दुख गरेका थिए, उनीहरू अगाडि जाओस्, हामी एउटा पदाधिकारी, पहिला आफू लडिसकेको र एकपटक पराजय भएकाले त्यसैलाई कन्टिन्यु गरौँ भन्ने दृष्टिकोण चाहिँ हो।
सभापति गगनकुमार थापाकै नेतृत्वमा कांग्रेस अघि बढ्छ । कांग्रेसको १५औँ महाधिवेशन एकताकै महाधिवेशन हो । सहमहामन्त्रीमा जितेपछि छुटेका सबै नेतालाई फर्काउन सघन पहलकदमी लिन्छु ।
–सहमहामन्त्रीको जिम्मेवारीमा उम्मेदवारी दिँदै गर्दा त्यो पार्टीको पुरानो सङ्गठनलाई फर्काएर एउटा जुन रुझान थियो पहिले नेपाली कांग्रेसको, त्यो रुझान फर्काउने जिम्मेवारी कसरी पुरा गर्नुहुन्छ र तपाईंका यो जिम्मेवारीमा प्रमुखतः एजेन्डाहरू के–के छन्?
–म एउटा यसको उदाहरण दिन चाहन्छु। २०७४ मा जुन बेला म सङ्घीयबाट प्रदेशमा गएँ, ७४ मा कर्णाली प्रदेशबाट म एकजना मात्रै निर्वाचित भएको, एकजना मात्रै। म एकजना निर्वाचित भएँ, मुख्यमन्त्री बनेँ। म मुख्यमन्त्री बनिसकेपछि कर्णालीबाट बल्ल यता चाहिँ शेरबहादुर दाइ प्रधानमन्त्री बन्नुभएको, हाम्रो त्यो परिवर्तन त्यसरी भएको। ७९ मा आइसकेपछि मलाई त्यो बेला संयुक्त सरकार थियो, हाम्रा आदरणीय सम्पूर्ण नेताहरू र कमरेड प्रचण्ड प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँले समेत पनि “तपाईंले राम्रो गर्नुभएको छ, फेरि प्रदेशमा लड्नुस्“ भन्नुभयो। म मुख्यमन्त्री हुँदा एकजना मान्छे जितेको, ७९ मा हाम्रो निर्वाचित १० जना मान्छेहरू। अहिले सबैभन्दा ठूलो पार्टी भयो। स्थानीय तहमा हामी सबैभन्दा लास्टमा थियौँ। ७९ मा सबैभन्दा ठूलो के रे स्थानीय तह बनाइयो। त्यस्तै अहिले हामीले यहाँले भने जस्तै विकराल स्थिति हुँदाहुँदै पनि अन्य देश, अन्य के रे प्रदेशहरूमा, केन्द्रमा सिट कति आयो? त्यही कर्णाली हो जसले ५ सिट ल्यायो। अहिले चाहिँ हाम्रो पार्टीभित्रको ४०% मत त हामीले ल्यायौँ। भनेपछि त्यो बेला म केन्द्रीय सदस्य मात्रै थिएँ भने अब सहमहामन्त्री भएपछि यो साखलाई त झन् बलियो बनाउन सकिन्छ भन्ने मलाई चाहिँ त्यो आत्मविश्वास छ र त्यो गर्न सकिन्छ। त्यसको लागि के हो भने, जस्तै कर्णाली प्रदेशमा एक सिट मात्रै राप्रपाको आयो, त्यो पनि सहरी इलाकामा। जहाँ मेरै जिल्लामा माननीय हामीले अत्यधिक बहुमतले जिताएका छौँ, मुगुमा त्यस्तै भयो, अहिले दैलेखबाट हाम्रो प्रमुख सचेतक नै हुनुहुन्छ, जाजरकोटबाट एकदम युवालाई ल्याएका छौँ भने अरूको दाँजोमा त हामीले ग¥यौँ नि! हामीलाई त्यो पद नहुँदा पनि ग¥यौँ भने अब यो खालको पद प्राप्त भयो भने हामीले गर्ने, जस्तै अहिले पनि यहाँहरूले भन्ने गरेको मुलुकको सबैभन्दा ठूलो भूगोल तर सबैभन्दा गरिब प्रदेश भन्ने गरिएको छ। गरिब प्रदेश के कारणले भयो भने त्यहाँको इन्फ्रास्ट्रक्चर राम्रो–राम्रो छैन। हामीसँग प्रशस्तै मात्राको सम्पत्ति हुँदाहुँदै पनि अहिलेको मोडर्न डेभलपमेन्ट नभएको हुनाले ती विकासहरू गर्ने, पार्टीको तर्फबाट सरकारमा नगए पनि पार्टीले गर्ने कामहरू हामीले ग¥यौँ भने पक्कै पनि ५ बाट बढ्छ। हुन त हाम्रो धेरै सिट नै छैन, १२ सिटमा हामीले ५ सिट ल्यायौँ भने ५० प्रतिशत ल्यायौँ भने अर्कोचोटि त हामीले त्योभन्दा बढी ल्याउन सक्छौँ भन्ने मेरो विश्वास छ। र अहिले विशेष गरेर देशभरिकै तपाईंहरू जस्ता एउटा बौद्धिक व्यक्तित्वहरूले माया गर्ने नै हुनुभएको छ र कर्णाली, कर्णालीमा पनि साविकको कर्णाली, त्यसमा पनि मेरो जिल्लावासीहरूले मलाई दिएको अगाध माया, प्रेमको कारणले पनि मैले अब २२ वर्षको उमेरबाट, तपाईंलाई सुन्दाखेरि अचम्म लाग्ला, म नेपाली कांग्रेसको सबैभन्दा कान्छो सभापति हो। नेपाली कांग्रेसको सभापति हुनुभन्दा अगाडि नेपाली कांग्रेस तथा संयुक्त वाममोर्चाको अध्यक्ष भएको मान्छे हो। भने त्यो कर्णालीलाई अहिलेसम्म गरेको र त्यहाँका जनताहरूले, नागरिकहरूले जुन माया–ममता दिनुभयो, त्यसको लागि पनि मैले, हैन यो मैले जनताको ऋण पनि परिवर्तन गर्नुपर्छ । अहिले बल्ल–बल्ल सडक पुगेको छ, हामीले विद्युतीकरण १८ हजारदेखि २१ हजार मेगावाटसम्म बत्ती निकाल्न सकिने अवस्था छ। तर अब दुखको कुरा अहिलेसम्म हामीसँग ११.८ मेगावाट मात्रै छ। यी विकासहरू गर्ने अनि टुरिजमको लागि एकदमै अनएक्सप्लोर ठाउँ हो। यहाँहरूलाई थाहा छ, गेटवे टु कैलाश पनि त्यही कर्णालीमा छ र विशेष गरेर मेरै जिल्ला, मेरै सदरमुकाम सिमकोटबाट छ। यी सबै कुराहरूको लागि राम्रो गर्नलाई पार्टीमा भित्र पनि नीति राम्रो बनायो भने भोलि सरकारमा जाँदाखेरि हामीले परिवर्तन गर्न सक्छौँ भन्ने मलाई आँट छ, विश्वास छ र कर्णालीका दाजुभाइहरूको माया–ममता, दाजुभाइ–दिदीबहिनीहरूको माया–ममता छ भन्ने मलाई लाग्छ।
–१४औँ महाधिवेशनमा अलिकति सानो मतले पराजित हुनुभयो, त्यो पराजयलाई दृष्टिगत गरेर त्यो कमजोरी नदोहोरियोस् भनेर सङ्गठनात्मक रूपमा कत्तिको सचेत भएर चाहिँ विशेष गरी कार्यकर्ताको माया, महाधिवेशन प्रतिनिधिहरूको चाहिँ एउटा सद्भाव बटुलेर आउनुभएको छ काठमाडौँ?
–त्यो बेलाको म बहालवाला मुख्यमन्त्री थिएँ। मैले यहाँहरूलाई प्रस्टै भन्दाखेरि मैले आफ्नो मत माग्नुभन्दा पनि त्यो बेला तत्कालीन पार्टी सभापति शेरबहादुर दाइको मतको लागि मान्छेले सम्झिए, अरूले कति गरे थाहा छैन। त्यो बेला पनि आज यहाँहरूले देख्नुभयो, विशेष गरेर कर्णालीका र विशेष गरेर मेरै जिल्लाका दाजुभाइहरू, हामी सबै शेरबहादुर दाइको लागि बरु म हारे पनि केही छैन, शेरबहादुर दाइ जित्नुपर्छ भन्ने हामीलाई लाग्यो। अब त्यहाँ एउटा टेक्निकल कुरा, अहिले मैले भनिरहन पनि नमिल्ने कुराहरू होलान्, टेक्निकल कुराहरू पर्यो। तर अहिले आइसकेपछि सबैले जुन मान्छेलाई हामीले जिताउनुपर्ने थियो, अहिले सबैले साथीहरू… भोलि के गर्नुहुन्छ मलाई थाहा छैन, तर मैले त्यो तपाईंहरूको यो अगाडि मैले भनेको होइन, सबै जिताउनुपर्ने मान्छेलाई हामीले जिताएका रहेनछौँ, गल्ती गरेछौँ, जुन मान्छेलाई जितायौँ अनि उहाँहरूको अहिले त्योप्रति प्रतिक्रिया आएको छ। मेरो त्यो बेलाको के थियो भने कमजोरीभन्दा पनि मैले पार्टी सभापतिको लागि त्यो भए पुगिहाल्ला, हामी ठिकै छ भन्ने कुरा पनि आएको हो। तर अहिले सबैले, कलाकार हुन् या जिल्लावासी हुन् या प्रदेशवासी हुन् या देशवासी हुन्, यत्तिको मान्छेलाई जसले कर्णालीमा बसेर, भिडेर, रहेर त्यहाँको सङ्गठन विस्तार गरेको, तपाईंले अरूलाई सोध्न पनि सक्नुहुन्छ, त्यस्तो मान्छेलाई ल्याउनुपर्छ भनेर त्यो बेला मैले हात जोड्दाखेरि पनि अलिकति मुन्टो बटारेर हिँड्नेहरूले अहिले चाहिँ एकदम पछाडिबाट च्याप्प समातेर तपाईं कहाँ जानुभयो भनेर सोध्नुहुन्छ। सबै साथीभाइहरू यहीँ आएर मलाई चाहिँ माया गर्नुभएको छ। मैले तपाईंको अगाडि भनेँ, देशको एउटा ठूलो कलाकार कृष्ण कँडेल अहिले यहाँ आउनुपर्ने कुनै आवश्यकता थिएन। त्यो मायाले दाइलाई जिताउनुपर्छ भन्ने हिसाबले आएको हुनाले धेरै कुराहरू, हिजोको रणनीतिक कुराहरू पनि हामीले चेन्ज गरेका छौँ। अब बोलीचालीमा पनि परिवर्तन गरेँ होला, कहिलेकाहीँ हुन्छ नि, ह्युमन बिइङ हो, राम्रो भएन कि! त्यसमा त्यो बेला मैले के सोचेँ भने मेरो केही कमजोरी थियो होला, अब यसलाई सुधारेर तपाईंहरू जत्तिका सबैको माया पाएर यो पद प्राप्त हुन्छ र त्यो पद प्राप्त भइसकेपछि विशेष गरेर पिछडिएका क्षेत्रहरू र देशकै लागि काम गर्ने अवसर मिल्छ भन्ने मेरो विश्वास रहेको छ।
पत्रकारः विशेष गरी अब केही समय पछाडि मतदान पनि सुरु हुनेछ। मतदाता विशेषतः महाधिवेशन प्रतिनिधि जो तपाईंका भोटरहरू हुनुहुन्छ, मतदाता हुनुहुन्छ, उहाँहरूलाई र पार्टीको नेतृत्व, अन्य पदाधिकारीहरूलाई केही अपिल, आग्रह गर्न चाहनुहुन्छ?
–अब म पार्टीको नेतृत्व र मतदाताहरूलाई के अपिल गर्न चाहन्छु भने मान्छे प्रोफेसनल हुन सक्छ, पोलिटिक्स र प्रोफेसनल फरक कुरा हो। पोलिटिक्स समाजसेवा हो। यो धेरै त्यो एउटा नेता त्यसै जन्मिँदैन। ती नेता जन्माउनको लागि चाहिँ जस्तै आज हाम्रा पार्टी सभापति, हैन हामीले देखेका छौँ, उमेरको कुरा होइन, उहाँले गरेको योगदानको, हैन उमेरले हेर्नुहुन्छ भने म पार्टी, म मेरो जिल्लाको पार्टी सभापति हुँदा उहाँ त यसै दिइनुभाथिएन त! तर उहाँको क्षमता, उहाँको खुबी, उहाँको मिहिनेत, उहाँको लडाइँ धेरै गरेर आज उहाँ त्यहाँ पुग्नुभयो भने अब अहिले आएर हामीहरू होहल्लामा मात्रै पार्टी चाहिँ चल्दैन। होहल्लामा मात्रै चल्दैन। त्यसकारणले सम्पूर्ण मतदातालाई पनि के भन्छु भने त्याग, तपस्या, अनुभवलाई हेर्नुपर्छ। अब हामी के सम्झिन्छौँ भने ए छोडिदेऊ, बुढापाकाहरू…’ पहिला–पहिला के हुन्थ्यो, ओल्ड इज गोल्ड भन्थ्यो नि, अहिले ओल्ड इज नथिङ भन्ने जस्तो आएको छ, त्यस्तो होइन। हामी सबैले एउटा युथ पनि चाहिन्छ, मिडिल एजको पनि चाहिन्छ, बुढापाका पनि चाहिन्छ। मान्छेले के भन्छन् भने –ए युथले गर्ने, देश चलाउने। यत्रो ठूलो चाइना डेढ अरब जनसंख्या भएको, यत्रो ठूलो भारत डेढ अरब भएको, अमेरिका त्यहाँ हेर्ने हो भने ७० वर्षभन्दा माथिका चाहिँ राष्ट्रपतिहरू छन्। उहाँहरूको अनुभव, युवाहरू पनि त्यहाँ होलान्, हामी सबैलाई मिलाएर लग्नुपर्छ। जसरी एउटा पर्खाल बनाउँदाखेरि इट्टा, बालुवा, सिमेन्ट सब मिलाए जस्तै पार्टी पनि त्यसरी मिलाएर लाने कुरा हो। त्यसकारण म सबैलाई के भन्छु भने त्याग, तपस्या, अनुभव गरेकालाई पनि हामीले समेट्नुपर्छ र अहिले हाम्रो एउटा कुरो के पनि हो भने विशेष र नियमित भन्ने हिसाबले गएकाले सब मिलेर चाहिँ यो पार्टी १५औँ महाधिवेशन, यसलाई एकताको महाधिवेशन, त्यो खालको मात्रै नगरेर एकताको महाधिवेशनको लागि पनि म सबै मतदाताहरू र पार्टी सभापति ज्यूलाई पनि, अरूको सभापतिहरू अरूलाई पनि अनुरोध गरेर एकताको अधिवेशन हो है। हामीले अझै कोही बाहिर रहनुभएकालाई पनि ल्याउनको लागि पनि यो महाधिवेशन हो। त्यसैले कसैप्रति पनि हामीले तुच्छ बोली नबोलौँ, हो सबै आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ। आदर गर्न हामीले रेस्पेक्ट गर्न जान्यौँ भने हामीले पनि अरूबाट माया पाउँछौँ, यही नै म सबैलाई आग्रह गर्न चाहन्छु।







प्रतिक्रिया